गाउँको ‘छोटेराजा’को ज्यादती :- कार्यालयमै कुटिन्छन्,पाउँदैनन न्याय

गत विहिबार कार्यापालिका बैठककै क्रममा प्रमुख प्रशासकीय अधिकृत कुटिए । यसरी कुटाई खाने प्रशासकीय अधिकृत थिए कृष्णदेव जोशी । डडेलधुराको परशुराम नगरपालिकामा कार्यरत जोशीलाई उपमेयरसहितका दुई वडा अध्यक्षहरुले कुटपिट गरेका कर्मचारीहरु बताउँछन् ।

बिज्ञापन

जनप्रतिनिधिहरुको हातपात र कुटपिटका कारण प्रमुख प्रशासकीय अधिकृत जोशीको टाउकोमा चोट लाग्यो, तीन टाँका नै लगाउनु परेको थियो । अधिकृत जोशीमाथि नगरपालिकाका उपमेयर विमलाकुमारी बोहोरा, वडा नम्बर ७ का वडाध्यक्ष कर्णबहादुर धामी, वडा नम्बर १ का अध्यक्ष लालबहादुर धामी लगायतको समूहले ज्यान मार्ने उद्देश्यले सुनियोजित हमला गरी गम्भीर घाइते बनाएको परशुराम नगरपालिकाका कर्मचारीहरू बताउँदै आएका छन् ।

बिज्ञापन

माओवादी केन्द्र निकटका जनप्रतिनिधिको माग थियो शिक्षा अधिकृतको काज फिर्ता हुनुपर्ने तर प्रमुख प्रशासकीय अधिकृत उनीहरुको मागमा सहमत भएनन् । परिणामत तीन जना जनप्रतिनिधि एक कर्मचारीमाथि जाइलागे । उनीहरुको कुटपिटबाट कर्मचारीको टाउकोमा गम्भीर चोट लाग्यो । घाइते प्रमुख प्रशासकीय अधिकृत अहिले विश्राम गरिरहेका छन् ।
तर कर्मचारीहरु भयभित छन्,आफ्ना हाकिम नै जनप्रतिनिधिबाट कुटिए पछि काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीहरूले आन्दोलित हुँदै अत्यावश्यक बाहेकका सेवा ठप्प पारेका छन् । उनीहरुले दोषीमाथि कारवाहीको माग राख्दै आएका छन् । पछिल्लो समय हरेक साताजस्तो कुनै न कुनै स्थानीय तहका कर्मचारीहरु जनप्रतिनिधिदेखि ठेकेदारहरुसम्मबाट कुटिँदै आएका छन् । तर,यसरी कुटिनेलाई कुनै कारवाही भएको सुनिएको छैन ।

यस्ता कुटपिटका घटना सबैभन्दा धेरै स्थानीय तहमा हुने गरेका छन् । पछिल्लो समय हरेक साताजस्तो कुनै न कुनै स्थानीय तहमा कुटपिटका घटनाहरु बाहिरिदै आएका छन् । दुई साता अगाडिमात्र रुपन्देहीस्थित देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटलाई वडाध्यक्षहरुले कुटे । यस्तै माघ २१ मा लमजुङको राइनास नगरपालिकामा नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ता बताउने समूहले प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई कार्यकक्षमै धक्कामुक्का गरे ।

बिज्ञापन

उता बाराको सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयमा विवाद हुँदा गोलीनै चल्यो । धादिङको निलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल कुटिएको धेरै भएको छ ।

यस अघि धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्षले त्यहाँका कर्मचारीमाथि हतपात गरेको भन्दै पीडित कर्मचारीहरुले जिउ ज्यानको सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारीदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,अख्तियारसम्मलाई गुहारेका छन्। सो गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले गाउँपालिकामा कार्यरत अधिकृत छैठौं तहका कर्मचारी श्रवण कुमार यादव र सहायक आन्तरिक लेखा परीक्षक नविन कुमार साहमाथि हातपात गरे ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष