मकै पोल्ने र सालको पात बेच्नेलाई उपमहानगरपालिकाको सहयोग

बुटवल । बुटवल उपमहानगरपालिकाले परम्परागत पेशा व्यवसाय प्रवर्द्धनका लागि मकै पोल्ने र सालको पात बेच्ने महिलाहरुलाई आज उपकरण खरिद तथा क्षमता विकासका लागि अनुदान उपलब्ध गराएको छ।

बिज्ञापन

शुक्रबार एक कार्यक्रमको आयोजना गरी बुटवलको विभिन्न स्थानमा मकै पोल्ने र सालको पात बेचेर जीवन गुजारा गरिरहेका ३७ जना महिलाहरुलाई जनही ५ हजारका दरले सहयोग उपलब्ध गराएको हो ।

बिज्ञापन

कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल र प्रवक्ता शिव रानाले ३७ जनालाई सम्मानसहित रकम हस्तान्तरण गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले बुटवललाई सबैले अपनत्व महसुस गर्ने गरी साझा सहरका रुपमा स्थापित गर्न र परम्परागत पेशा र व्यवसाय अंगालेका महिलाहरुलाई प्रोत्साहन गर्न केही सहयोग गरेको बताए। उनले नगरले दिएको रकमले महिलाहरुले आफ्नो पेशा व्यवसायलाई अरु स्तरीय बनाउनका लागि सहयोग हुने बताए।

उनले बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य सहर बनाउने उदेश्य लिएको र सोहीअनुसार काम गर्दै गएको बताए। उनले बुटवललाई देशमै उत्कृष्ट सहर बनाउने योजनाका साथ नीति कार्यक्रम र बजेट कार्यान्वयनमा ल्याएको बताउँदै नगरबासीको साथले मात्रै बुटवललाई समृद्ध बनाउन सकिने बताए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष