उच्च अदालतका रजिस्ट्रार भ्रष्टाचारी ठहर:-५ लाख हिनामिना

श्रीमतीलाई करारमा जागिर खुवाउनेदेखि नक्कली बिल बनाएर भुक्तानी लिनेसम्मका अनियमितता गर्ने उच्च अदालतका तत्कालीन रजिस्ट्रार रणबहादुर कटवाल भ्रष्टाचारी ठहर भएका छन् । बिशेष अदालत, काठमाडौंले उनीविरुद्धको मुद्दामा आइतबार फैसला सुनाउँदै दोषी ठहर गरेको हो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ भदौ २०७९ मा ४ लाख ९८ हजार हिनामिना गरेका थिए । पदको दुरुपयोग गरी विभिन्न शीर्षकमा विनियोजित बजेटअनुसार गर्नुपर्ने खर्च शीर्षकमा नक्कली बिल भरपाई खडा गरी, नक्कली सम्झौतासमेत बनाएर आफैँ स्वीकृत गरी स्वयंले शोधभर्ना लिने, सर्वोच्च अदालतबाट भर्चुअल अनुगमन निरीक्षण भएकोमा दिपायल मुकाममा होटेल खर्च भएको स्वीकृत गरी बिल भरपाई बनाएर भुक्तानी दिएका थिए ।

बिज्ञापन

त्यस्तै, कतिपयमा स्टोरकिपरमा शोधभर्ना भई भुक्तानी लिने, व्यवसायीहरूसँग अफिसको हिसाबकिताव मिलाउन भनी बिल ल्याएर हुँदै नभएको खर्चको नक्कली खरिद देखाउने, प्रयोगविहीन गाडीको मर्मत गरेको भनी बिलको भुक्तानी लिने, किर्ते गरी मिति सच्याएर भ्रमण काजको भुक्तानी लिनेलगायतको फर्जी कार्यको सदर गरी चार लाख ९८ हजार नौ सय ९५ भुक्तानी दिएका थिए।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष