नेताहरु र कर्मचारीहरुको घरमा छापा मारिनुपर्ने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताएका छन् । उनले भ्रष्ट नेताहरु र कर्मचारीहरुले घरको पानी ट्याङ्की र जमिनमुनि पैसा गाडेर राखेको दाबी गरे । भ्रष्ट नेता र कर्मचारीहरुको घरमा छापा मारेर उनीहरुको सम्पत्ति जफत गरिनुपर्ने उनको भनाइ छ ।
बिज्ञापन
सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार गरेर कमाएका नेता र कर्मचारीहरुको सम्पत्ति जफत गरिएको खण्डमा नेपालले विदेशीबाट आर्थिक सहायता नै लिन नपर्ने बताए । ‘जतिपनि नेताहरु छन्, कर्मचारीहरु छन्, सबैको सम्पत्ति छानविन हुनुपर्छ । उनीहरुको घरमा छापा मारिनुपर्छ । कसैले पैसा ट्याङ्कीमा लगाएको छ, कसैले माटोमुनि गाडेर राखेको छ । ती सबै पैसा जफत भयो भने नेपाललाई कुनै विदेशी सहायता चाहिँदैन,’– उनले भने ।
बिज्ञापन
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडिया काण्ड पनि छानविनको दायरामा आउनुपर्ने उनको माग छ । वरिष्ठ अधिवक्ता त्रिपाठीले उक्त पैसाको कहीँ न कहीँ खोजविन हुनुपर्ने बताए । उनले मान्छेलाई थुनेरमात्रै नहुने र आरोपित छानविनको दायरामा पनि आउनुपर्ने बताए ।