भक्तपुर मालपोतमै फर्कने यदुको चाहमा अदालतको व्रेक

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका नासु यदुनाथ अचार्य त्यहाँबाट सरुवा भएर डिल्लीबजार मालपोत पुगे । सरुवा भएको ठाउँमा जान अटेर गरिरहेका उनी अदालतको शरणमा पुगे सरुवा उल्टाउन माग गर्दै । तर उच्च अदालत पाटनले उनले माग गरे अनुसारको अन्तरिम आदेश दिन इन्कार गरेसँगै भक्तपुर मालपोतमा फर्कने उनको चाहनामा ब्रेक लागेको छ ।

बिज्ञापन

भूमि व्यवस्था तथा अभिलेख विभागले गत असोजमा गरेको सरुवा बदरको माग गर्दै यदुसहितका कर्मचारीहरु उच्च अदालत पाटनमा पुगेका थिए । तर उच्च अदालतका न्यायधीश न्यायधीशद्धय श्यामकुमार भट्टराई,दुर्गाप्रसाद ढुङ्गेलले ती कर्मचारीहरुले माग गरे अनुसारको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागबाट गत असोज १४ गते सरुवा गरेको थियो । उक्त सरुवा हुँदा सुगम कार्यालयबाट सुगममा खटाइएका,काठमाडौं उपत्याकाभित्रै सरुवा गराइएको भन्दै सरुवा वदर गर्न माग गरिएको थियो । सरुवा वदरको माग राख्दै मालपोत कार्यलय भक्तपुरका अधिकृत यदुनाथ आचार्यसहित ९ जनाले भूमि व्यवस्था तथा अभिलेख विभागलाई प्रतिवादी बनाउँदै दायर गरेको मुद्धामा उच्च अदालतले अन्तरिम आदेश दिन इन्कार गरेको हो ।

बिज्ञापन

गत ४ गते आचार्यसहितका अन्य ९ कर्मचारीहरुले उक्त सरुवा बदर गर्न अन्तरिम आदेश माग गर्दै उच्च अदालत पाटन पुगेका थिए । तर उच्च अदालतले अन्तरिम आदेश दिन इन्कार गरे सँगै सरुवा बदर गरी पूरानै कार्यालयमा बस्ने योजना सफल हुन सकेन । कर्मचारी सरुवा गरिँदा कतिपय मालपोतका कर्मचारीलाई उपत्याकाकै एउटा कार्यालयबाट अर्को कार्यालयमा खटाइएको थियो ।सोही अनुसार यदु अचार्यहरु भक्तपुर मालपोतबाट डिल्लीबजार मालपोतमा पुगेका थिए । उनीहरुको सरुवा रद्ध नभएपछि सरुवा बदरको माग गर्दै उच्च अदालत पाटन पुगेको भए पनि पाटन उच्च अदालतका न्यायधीशद्धय श्यामकुमार भट्टराई,दुर्गाप्रसाद ढुङ्गेलको इजलाशले अन्तरिम आदेश दिन इन्कार गरेको हो ।कर्मचारी संकेत नम्बर १७०६६३ रहेका अचार्य पछिल्ला तीन बर्षदेखि मालपोत कार्यालय भक्तपुरमा कार्यरत थिए । उनी त्यहाँको मुद्धा (क) शाखामा कार्यरत थिए ।

बिज्ञापन


उनी यस अघि चाबहिल मालपोत हुँदै भक्तपुर पुगेका कर्मचारी हुन । यही बीचमा उनको सरुवा राष्ट्रिय सर्तकता केन्दमा खटाइएको भए पनि दरबन्दी सर्तकता केन्द्रमै राखेर भक्तपुरस्थित उक्त कार्यालय छाडेनन् । उनले पटक पटक भइसकेको सरुवा समेत उल्टाएर सोही कार्यालयमा मात्र किन बस्न खोजेको होलान ?
सोही कार्यालय स्रोतका अनुसार, त्यहाँ अहिले छुट दर्ताका ४५ जग्गा पाइपलाइनमा छ्न,त्यही मिलाउनका लागि उनी भक्तपुरमा बस्न खोजेका हुन ।

उसो त उनका भतिज कुमार त्यहाँका हाकिम थिए । उनी तिनै कर्मचारी हुन,यस अघि भैरहवा मालपोतको कार्यालय प्रमुख हुँदा भैरहवा विमानस्थलको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरण अदालत हुँदै अख्तियारसम्म पुगेको थियो । विमानस्थलको धावनमार्ग र पर्खाल भित्रको जग्गा सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराज कान्त मिश्रको नाममा दर्ता भएको तथ्य बाहिरिएको थियो। भूमाफियाहरूले हदबन्दी भन्दै सिद्धार्थनगर–१० स्थित काली मन्दिर भएको जग्गा मिश्रको नाममा दर्ता गराएका प्रकरण पछि अदालत हुँदै अख्तियारसम्म पुगेको थियो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवेसहित विभिन्न स्थानमा रहेको ४ बिघा १६ कठा ७ धुर जग्गा व्यक्तिको नाममा दर्ता भएको तथ्य उजागर भएको थियो । भूमाफियाहरुको एउटा समूह यदुलाई त्यही टिकाउन चाहन्थ्यो,त्यो योजना अदालतलको आदेशसँगै विफल भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष