एमाले निकट कर्मचारी संगठनका नेता तीन लाख घुस लिँदा लिँदै पक्राउ

दलगत ट्रेड युनियन खारेज गर्ने कि राख्ने बहस पेचिलो भइरहेको समयमा एमाले निकट कर्मचारी संगठनका नेता घुस रकमसहित अख्तियारको फन्दामा परेका छन् ।

बिज्ञापन

राष्ट्रिय किताबखाना (शिक्षक), छाउनीमार्ग तहाचल, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाई घुस रकमसहित पक्राउ परेका हुन ।अवकाशप्राप्त कर्मचारीसँग समेत घुस रकम मागेपछि उनी अख्तियारको फन्दामा परेका हुन ।

बिज्ञापन

पेन्सनपट्टा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा उनलाई टङ्गालबाट खटिएको अख्तियार टोलीले नियन्त्रणमा लिएको हो । आयोगले प्रसाईंलाई तीन लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो । टंगालस्थित प्रधान कार्यालयबाट खटिई गएको टोलीले प्रसाईंलाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यकक्षबाटै आइतबार नियन्त्रणमा लिएको हो।

प्रसाई एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका नेता हुन्। उनी हाल शिक्षा मन्त्रालयको विभागीय कार्यसमितिका कोषाध्यक्ष छन्।

बिज्ञापन

प्रसाई यस अघि पनि भ्रष्टाचार मुद्धा खेपिसकेका कर्मचारी हुन । उनीविरुद्ध यस अघि भ्रष्टाचार मुद्धा चलाएको थियो,अख्तियारले । विशेषले सफाई दिएपछि अख्तियार उक्त फैसला चित्त नबुझेर पुनरावेदनका लागि सर्वाेच्चमा पुगेको छ ।भ्रष्टाचार मुद्धामा केही अघिमात्र सफाइ पाएका अधिकृत प्रसाई अहिले फेरि अख्तियारको फन्दामा परेका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष