मन्त्री र सचिव कहाँ- कहाँ मिलेनन् ?

कार्यसम्पादनमा कमजोर देखिएका छन्,मन्त्रीहरु तारो बनाइदैंछ सचिवलाई । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको त्रैमास रिर्पोट अनुसार ओली क्याविनेटमा सात मन्त्री असक्षम ठहरिएका छन् । ‘हनिमुन पिरियड’को रिर्पोट (साउनदेखि असोज)सम्मको कार्यसम्पादनका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको रिर्पोटमा ओलीका सात मन्त्रीले न्यूनतम पास मार्क समेत कटाउन सकेका छैनन् । कार्यसम्पादनमा कमजोर रहेका मन्त्रीमा नवलकिशोर साह सूढी,२० चोटी मन्त्री बनेर रेकर्ड तोडेका शरद सिंह भण्डारी,कर्मचारी सरुवा बढूवामा सचिवालयमा मार्फत चलखेल गरिरहेका राजकुमार गुप्ता,अजय चौरासिया,मानवीर राई,प्रदीप यादव लगायत रहेका छन् । यस्तै नाइटिगेल स्कूल चलाउँदा चलाउँदै राजनीतिमा लागेर मन्त्री बनेका तेजुलाल चौधरीदेखि ऐनबहादुर शाहीको कार्यसम्पादन रिर्पोट निराशजनक रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयले तयार पारेको कार्यसम्पादन रिर्पोटले बोलेको छ ।
उता पछिल्लो समय प्रधानमन्त्री र अर्थमन्त्रीबीचको सम्बन्ध चिस्सिएको चर्चा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सल्लाह तथा सुझावहरु अर्थमन्त्रीभन्दा बढी युवराज खतिवडाबाट लिँदै आएका छन् । पछिल्लो चीन भ्रमणमा समेत अर्थ मन्त्रीलाई नलगिनुलाई अर्थमन्त्री र प्रधानमन्त्रीबीचको सम्बन्धमा मीठास नभएको रुपमा अर्थाउन थालिएको छ मन्त्रालयतिर ।
गत साता मन्त्री विष्णु पौडेल घिमिरेद्धय सचिव बोकेर प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए । अहिले अर्थ सचिव राम प्रसाद घिमिरे र राजश्व सचिव दिनेश कुमार घिमिरे छन् । यी दुबै सचिवको कार्यक्षमता माथि प्रश्न उठेको छ । यी दुई सचिवको कार्यसम्पादन प्रभावकारी नभएको भन्दै दुवै सचिवहरु फाल्ने तयारी भइरहेको जनाइएको छ । कार्यक्षमतामा दुबै कमजोर देखिएपछि अर्थमन्त्री विष्णु पौडेलले दुबै सचिवलाई हटाउने तयारी गरेको हुन । अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र श्रीकृष्ण नेपाल छुट्टै समानान्तर सचिवको अभ्यास गरिरहेको कर्मचारीहरु बताउँछन् ।
उता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुष्कर पर्यटन मन्त्रालयतिर जाने गरी सरुवाको लाइन मिलाइरहेका छन् । सधै छानेर राम्रा मन्त्रालयमा जाने कर्मचारीको परिचय बनाएका कृष्णहरि पुष्कर पर्यटनमा जाने गरी लाइन मिलाउन व्यस्त छन् । उनी केही समयदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्काइएका छन् । सचिव बढुवा भए लगतै अर्थ मन्त्रालयको जिम्मेवारी पाएका उनको कार्यसम्पादन प्रभावकारी नभएको कर्मचारीहरु नै बताउँछन् ।
काँग्रेसको सरकार बने पछि गृह मन्त्रालयमा जान जोडबल गरे,सम्भव भएन । गोकर्णमणि दुवाडीले त्यहाँ बाजी मारे । अहिले उनलाई प्रधानमन्त्री कार्यालयको सुशासन र सुरक्षा हेर्ने जिम्मेवारी दिइएको छ । पुष्कर त्यहाँबाट पर्यटन मन्त्रालयतिर जान जोडबल गरिरहेका छन् । तर,मन्त्री बद्री पाण्डे उनलाई त्यहाँ ल्याउन उति उत्साहित छैनन् ।
पछिल्लो समयमा मन्त्री राजकुमार गुप्ता र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदीको सम्बन्धमा पनि मीठास छैन । कर्मचारी सरुवामा मन्त्रीको सचिवालय हावी हुँदा सचिव मन्त्रीको चेपुवामा छन् । हालैमात्र मन्त्रीकै सचिवालयका एक कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत खटाउनका लागि सात देखि दश लाख डिमाण्ड गरेको च्याट संवाद नै बाहिरिएको छ ।
यस्तै खेलकुद मन्त्री तेजुलाल चौधरी सचिव सुमन अर्यालले काम गर्न नसकेको भन्दै उनलाई हटाउनका लागि प्रधानमन्त्रीलाई गुहारिएका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष