कर्मचारी प्रेस डटकममा यही पौष १० गते बुधवार प्रकाशित उल्लेखित रसुवामा रेञ्जर नितेन्द्रको आतंक,जिल्लामा उठाउने,विभाग -मन्त्रालय मिलाउने सम्बन्धी अपुष्ट समाचारप्रति चित्त नबुझेको भन्दै सो समाचारमा उल्लेख गरिएका व्यक्ति लाङ्गटाङ्ग राष्ट्रिय निकुञ्जको रेञ्जर नितेन्द्र सिंहले लिखित खण्डन गरेका छन् ।
बिज्ञापन
उनले २०८१ पौष ११ गते यस कर्मचारी प्रेसको कार्यालयमा पेश गरेको लिखित खण्डनमा गोसाइकुण्ड गाउँपालिका ३ नम्बर वडाका अध्यक्ष मिङमर छिरिङ तमाङले सार्वजनिक जग्गा मिचेर घर बनाएको विषयमा कार्यलयले खटिएपछि उक्त स्थानमा गएको त्यस बाहेक अन्त नगएको, उनले कार्यालय प्रमुखदेखि विभाग र मन्त्रालयसम्म मिलाउनुपर्दछ भन्दै जिल्लाका हाइड्रो,होटल व्यवसायीहरुहरुसँग रकम उठाउने गरेको कुरा भ्रामक, असत्य र कपोकल्पित विषय रहेको उल्लेख गरेका छन् । उनले आफूसँग व्यक्तिगत रिसिवी भएको व्यक्तिले यस्तो समाचार तयार पारी पेश गरेको हुनसक्ने भन्दै समाचारको खण्डन गरेकोमा यो खण्डन प्रकाशन गरिएको छ ।
बिज्ञापन
प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचार संहिता २०७३, संशोधित २०७६ समेतलाई समेतलाई मनन् गर्दै, निजले पेश गरेको खण्डन प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।