बिज्ञापन
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवा विधेयकमाथि संशोधकर्तासँगको छलफल सकिएको छ। संघीय निजामती सेवा विद्येयक उपर १२४ सांसदले एक हजार ५८३ संशोधन दर्ता गराएकामा ८६ संशोधनकर्ताले समितिमा आफ्नो मत राखेका हुन । संशोधनकर्ताहरुलाई मत राख्नका लागि आजसम्मको मिति दिइएको थियो ।समितिमा १२४ सांसदहरुले संशेधन प्रस्ताव दर्ता गराएका भए पनि आजसम्ममा ८६ जना संशोधनकर्ताहरु मात्र उपस्थित भएर आफ्नो मत दिएका छन् । संशोधन प्रस्ताव हाल्ने ३८ सांसद भने समितिमा उपस्थित भएनन् । शुक्रवारबाट संशोधनकर्ताहरुसँग मत लिने काम सकिएको समिति सभापति रामहरि खतिवडाले जनाए ।
बिज्ञापन
समितिले संशोधनकर्ताहरु बोलाउँदा कतिपय सांसदहरु उपस्थिति नै नभएका थिए ।
सरकारले गत फागुन २१ गते संसद्मा दर्ता गराएको उक्त विद्येयकमा १२४ सांसदले उपस्थित भएर संशोधन प्रस्ताव दर्ता गरेका थिए भने बाँकी इमेलमार्फत संशेधन प्स्ताव दर्ता भएका थिए । गत जेठ १५ गतेदेखि समितिमा पुगेको उक्त विद्येयक उपर राजनीतिक मुख्य सचिव,पूर्व मुख्य सचिव,विज्ञ, दलका प्रमुख सचेतक, सचेतक, लोकसेवा आयोगका प्रतिनिधिका अलवा संशोधनकर्तालगायतसँग छलफल टुंग्याएको हो । अब समितिले ट्रेड युनियनकर्मीसँग एक चरण छलफल गर्ने तयारी गरेको छ । निजामती ऐनमा राष्ट्रियस्तरको एउटामात्र आधिकारिक टरेड युनियन राख्ने दुई शीर्ष दलको तयारी पछि ट्रेड युनियनकर्मीहरुले विज्ञप्ति नै निकालेर कडा चेतावनी दिएको स्थिति छ । समितिले त्यस पछि लोकसेवा आयोगको धारणा लिएर त्यसपछि दफावार छलफलमा अघि बढाउने समितिले जनाएको हो ।