संसदको राज्य व्यवस्था समितिको आजको बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुलाई बोलाइएको छ ।
बिज्ञापन
दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा राखिएको बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुलाई आमन्त्रण गरिएको हो । पछिल्लो दुई सातादेखि उक्त समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भइरहेको छ ।
बिज्ञापन
समितिले छलफलका लागि मुख्य सचिव,पूर्व मुख्य सचिव मन्त्रीहरु देखि पूर्व प्रशासकहरुसँग राय सुझाव लिइरहेको छ ।
विधेयकका सबै प्रस्तावित व्यवस्थाउपर सांससदहरुले १२४ समुहमा एक हजार ५८३ वटा संशोधन हालेका छन् ।सोही प्रस्तावमध्ये विभिन्न ६ वटा प्रस्ताव संघीय निजामती सेवा ऐनको नाम परिवर्तनका लागि संशोधन प्रस्ताव परेको छ । । जसमा सार्वजनिक सेवा ऐन, नागरिक प्रशासन सेवा ऐन, राष्ट्रसेवक कर्मचारी सेवा ऐन, देश र जनताको सेवा गर्ने कर्मचारी सेवा ऐन, संघीय नागरिक सेवा ऐन र संघीय सार्वजनिक सेवा ऐन लगायत रहेका छन् ।
बिज्ञापन
२१ फागुन २०८० मा प्रतिनिधि सभामा दर्ता भएको यो विधेयकमाथि अहिले दफावार छलफल सुरु भएको हो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि १५ जेठ २०८१ मा राज्य व्यवस्था समितिमा पठाएको थियो । विधेयकका सबै प्रस्तावित व्यवस्थाउपर सांससदहरुले १२४ समुहमा एक हजार ५८३ वटा संशोधन हालेका छन् । तिनै संशोधन प्रस्ताव दर्ता गर्न सांसदहरुलाई बोलाएर समितिले अहिले छलफल गरिरहेको छ ।