गृहका कर्मचारी थन्काउने थलोको रुपमा परिचित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न १६ भाईले रुची जाहेर गरेका छन् ।
७६ साल मंसिर २६ मा कार्यकारी प्रमुखमा नियुक्त भएका अनिल पोखरेल घर गएसँगै रिक्त पदमा गत मंसिर दोश्रो साता आवेदन माग गरिएको थियो । प्राधिकरणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १० बमोजिम प्राधिकरणको कार्यकारी प्रमुखका लागि आवेदन माग गरेकोमा सर्ट लिष्टमा परेका १६ जनाको नामावली सार्वजनिक भएको छ ।
सिफारिस समितिका अनुसार, पोखराका बसन्तराज अधिकारी र रोल्पाका मन्दिप सुवेदीको सबैभन्दा उच्च अंक ल्याएका छन् । उनीहरु दुबैले २४ दशमलव ५ अंक प्राप्त गरेका छन् । उम्मेदवारको शैक्षिक योग्यता, तालिम र अनुभववापतको अंक सार्वजनिक गरिएको समितले जनाएको छ । जसअनुसार डडेल्धुराका धर्मराज उप्रेतीको २२ दशमलव ५, रामप्रसाद पौडेलको २२,राजु थापा, मधुसुधन गौतम, सञ्जयकुमार यादव र लवप्रसाद जोशीको समान २१ दशमलव ५ अंक प्राप्त गरेका छन् । सहदेव चन्द १९,ज्वाला पाडे १८,गणेश कुमार जिमीले १४ दशमलव ५ अक प्राप्त गर्दा केशवराज जोशीले सबैभन्दा कम १० अंक प्राप्त गरेका छन् ।
गृह मन्त्रालय मातहत रहने प्राधिकरणको पहिलो सीईओ अनिल पोखरेलको पाँच वर्षे कार्यकाल पूरा भएपछि अहिले नयाँ सीईओका लागि प्रतिस्पर्धा गराइएको हो । २९ मंसिर २०७६ मा खुलेको यो कार्यालय गृहको छाँयामा परेको छ । ३६ कर्मचारीको दरबन्दी रहेको उक्त कार्यालयमा गृहमा अतिरिक्त समूहमा रहेका कर्मचारी थन्काउने थलो बन्न पुगेको छ ।
बिज्ञापन
गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाको नेतृत्व सहसचिवबाटै हुन्छ । प्राधिकरणमा राजनीतिक नियुक्ति लिएर आएका सहसचिवस्तरकै सीईओ रहने गर्दछ । प्राधिकरणमा सीईओसँगै नेपाल सरकारका प्रशासन र प्राविधिक सहसचिवहरु पनि कार्यरत छन् ।
बिज्ञापन