स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटन पटन गरिँदा मन्त्रीकै सचिवालयबाट रकम मोलमोलाई गरिएको प्रमाण नै बाहिरिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता विवादमा परेका छन् । मन्त्री गुप्ताको स्वकीय उपसचिव शिव पटेलले एउटा पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउनका लागि सात लाख रकम डिमाण्ड गरेको संवाद (च्चाट) अहिले सामाजिक सञ्जालमा छरपष्ट भएको छ । एउटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) खटाउनका लागि सातदेखि १० लाख माग गरेको च्याट नै बाहिरिएपछि उनी विवादमा तानिएका हुन ।
बिज्ञापन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता छन्,उनले पर्सा जिल्लाकै एक जना एमालेका नवप्रवेसी कार्यकर्तालाई आफ्नो सचिवालयमा राखेका छन्,गत श्रावण ९ गतेदेखि ।
यस अघि भएको स्थानीय तहको निर्वाचनमा पर्साको बहुदरमाई नगरपालिकाबाट एमालेबाट मेयर पदमा निर्वाचन लडेर जसपाका सिंगासन साह तेलीसँग पराजित भएका उनी पछि एमालेका मन्त्री राजकुमार गुप्ताका सचिवालयमा भित्रिएका हुन । उनै पटेलले पर्सा जिल्लाकै एक पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने नाममा सात देखि दश लाख रकम माग गरेको संवाद अहिले छरपष्ट भएको छ । उक्त संवादमा उनले पालिकाको प्रमुख प्रशासकीय अधिकृत पठाउनका लागि पालिकाका मेयरले स्वीकार गर्नुपर्ने र त्यसो भएमा मनत्रालयले प्रमुख प्रशासकीइ अधिकृत खटाउन सकिने जबाफ दिएका छन् ।
बिज्ञापन
कर्मचारी लैजान चाहने व्यक्तिले सहयोग राशी कति हो भनेर सोध्छन् जबाफमा पटेलले लेखेका छन्,रेट त हजुरले थाहा पाइसक्नुभएको छ नि । फेरि उक्त व्यक्तिले थाहा छैन भन्ने जबाफ फर्काए पछि मन्त्रीका उपस्वीकीयले सात देखि सात लाख डिमाण्ड गरेका छन् । ५ लाख पचास हजार सम्म मिलाउनका लागि आग्रह गरिए पनि सात लाख लिएर आफूलाई जानकारी गराउन पटेलले भनेका छन् ।
४ सेप्टेम्बरमा यसरी मोलमोलाई गरिएको संवाद अहिले सामाजिक सञ्जालमा छरपष्ट भएसँगै स्वकीय उपसचिव विवादमा तानिएका हुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यो प्रकरण बाहिरिएपछि मन्त्री गुप्ताले उपस्वकीय सचिव पटेललाई कार्यालयमा नआउन निर्देशन दिएका छन् । पटेल पछिल्ला चार दिनदेखि मन्त्रालयमा देखिएका छैनन् ।
बिज्ञापन
यो बिषयमा बुझ्नका लागि मन्त्री राजकुमार गुप्तासँग टेलिफोन सम्पर्क गर्दा उनको मोवाइल स्वीचड अफ गरिएको पाइयो । उनका प्रेस सल्लाहकार कृष्ण कुशवाहलाई यस बिषयमा जिज्ञासा राख्दा मन्त्रीका उप स्वीकय सचिवको ह्वाटस च्याट लिक भएको स्वीकारे । यद्यपि लिक भएको ह्वाटस सप च्याटमा पटेलको फोटो र नाम मात्र देखिएको,बार्गेनिङ गरिएको भनिएको पात्र,र पटेलको मोवाइल नम्बर समेत त्यहाँ नदेखिएका कारण उक्त लिक भएको च्याट शंकास्पद् रहेको जनाए ।
उनले यस्को सत्य तथ्य मन्त्रीज्यू आफैंले छानबिन गरिरहेको बताउँदै यदी प्रमाणीत भएको खण्डमा आजै साँझसम्ममा पटेललाई हटाइने जनाए ।