लोकसेवामा सात पटक फेल भएपछि विक्षिप्त मिलन :-जस्ले गरे बाबु र भाइको हत्या

लोकसेवा परीक्षामा पटक पटक अनुत्र्तीण भएर विक्षिप्त भएका एक युवाले बुवा र भाइको हत्या गरेको खुलेको छ ।

बिज्ञापन

सोमबार भक्तपुरको बालकोटस्थित फिकाधारा स्थित साढे ३ तले घरमा खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षीय बुवा कुलप्रसाद आचार्य र भाइ २२ वर्षीय प्रवीण आचार्यको हत्या मिलन आचार्यले गरेको खुलेको छ । उनले बिहान बुवा र भाइलाई सिलौटा र डम्बेल प्रहार गरेर हत्या गरेको स्वीकार गरेका हुन् ।

बिज्ञापन

४ वर्षदेखि सो घरमा डेरामा बस्दै आएका बाबु र भाईलाई हत्या गरेर बाहिरबाट ताला लगाएर भागेका मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरी हत्या गरेको स्वीकारेका छन् । उनका बुजा जिल्ला हुलाक कार्यालय दिक्तेल खोटाङमा कार्यरत नासु पदमा कार्यरत थिए ।
आफूले सात पटक सम्म लोकसेवा परीक्षा दिएको तर सफल नभएको बताएका छन् । आफूले सात पटक लोकसेवा परीक्षा दिँदासमेत पास नभएको सोही तनावमा बुबाले समेत आत्महत्या प्रयास गरेको उनले प्रहरीमा बयान दिएका छन् । पछिल्लो समय भाइ कुलतमा फसेको, बाबु पनि डिप्रेशनको बिरामी रहेकाले आफूलाई तनाव भएको कारण हत्या गरेको उनले प्रहरीमा बयान दिएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष