बारा । सशस्त्र प्रहरी बल १२ नम्बर गण बारा मातहत पिपरपाती स्थित प्रस्तावित गुल्मका डिएसपी प्रदिप थापा छानबिनका लागि सशस्त्र मुख्यालय हल्चाेक तानिएका छन् ।
बिज्ञापन
झण्डै दुई महिना अघि मात्रै हाजिर भएका उनी तस्करी गराएको बारेमा छानबिनका लागि तानिएको खुलेको छ। केही दिन अघि भारतबाट ताेरीकाे ठूलो तस्करी चलेको र उक्त तस्करीमा पिपरपाती स्थित सशस्त्र प्रहरीको पूर्ण सहयोग र सेटिङ रहेको खुलेपछि छानबिनका लागि उनलाई कानुन शाखामा तानिएको सशस्त्र प्रहरी स्रोत बताउँछ ।
बिज्ञापन
कुनै पव्लिकले तस्करी गरेको र सशस्त्रले सेटिङ गरेर छाेडेकाे भिडियो खिचेर पठाए पछि छानबिन शुरू भएको बताइएको छ।