बिज्ञापन
विश्वविद्यालय टपरलाई सिधै निजामती सेवामा प्रवेश दिनुपर्ने प्रस्ताव पेश भएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदले यस्तो प्रस्ताव पेश गरेका हुन ।
पछिल्लो सातादेखि संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विद्येयक उपर दफादार छलफल भइरहेको छ । सोही छलफलमा भाग लिदै रास्वपाका सांसद शिशिर खनालले यस्तो प्रस्ताव राखेका हुन् ।
बिज्ञापन
उनले विश्वविद्यालय टपरलाई सिधै निजामती सेवामा लेटरल इन्ट्रीको रुपमा प्रवेश दिन प्रस्ताव गरे । यसरी विश्वविद्यालय टपरलाई सिधै निजामती सेवामा प्रवेश दिन सकिए राम्रो जनशक्ति अवसरको खोजीमा विदेश जाने मानसिकताबाट पछि हट्दै स्वदेशमै रहनसक्ने उनको भनाइ छ ।