लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले नेपालमा कर्मचारीको संख्या घटाउन सकिने बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कर्मचारीको संख्या घटाउने विषय ज्यादै महत्त्वपूर्ण र गम्भीर विषय भएको बताए ।
बिज्ञापन
संघीय निजामती विधेयकमाथिको छलफलमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले नेपालमा कर्मचारीको संख्या आवश्यकता भन्दा दोब्बर बढी रहेको, यसलाई घटाउन मिल्ने कि नमिल्ने भन्दै उनले प्रश्न गरेका थिए ।
बिज्ञापन
जवाफमा आयोगका अध्यक्ष रेग्मीले संविधान कार्यान्वयन गर्न केके गर्ने भन्दा कर्मचारीको संख्याको विषयमा सुझाव दिएका थिए । संघमा ३२ हजार कर्मचारी, प्रदेशमा २२ हजार कर्मचारी र स्थानीय तहमा ४५ हजार कर्मचारी भयो भने नेपालको जनसंख्या अनुसार सेवा सुविधा प्रदान गर्नका लागि पुग्छ भनेर स्पष्ट पारे ।
बढी दरबन्दी राख्दा पनि काठमाडौं केन्द्रित कर्मचारी रहने अवस्था रहेको भन्दै उनले यसमा पनि प्रश्न गरे । यस्तो समस्या समाधानका लागि अनुकूल कानुन बन्नुपर्ने उनको आग्रह छ ।