सिरहामा १३० किलो गाँजा सहितको कार दुर्घटना, प्रहरीको सेटिङ्गमा तस्कर फरार

मुकेश कुमार यादव । सिरहामा दुर्घटनामा परेको कारबाट १३० किलो गाँजा बरामद भएको छ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको धनगढीमाई नगपालिका १० जिरोमाईलमा दुर्घटनामा परेका कारबाट १ सय ३० किलो गाँजा बरामद भएको हो।

बिज्ञापन

पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ३ ख ७५९१ नम्वरको ट्रकमा उत्तर तर्फको सहायक सडकबाट आईरहेको बा २८ च ९९६३ नम्वरको कार आपसमा ठोकिएर दुर्घटना भएको कारमा सो परिणामको गाँजा फेला परेपनि प्रहरीले आर्थिक बार्गेनिङ गरि गाँजा तस्करलाई भगाइदिएको स्थानीयहरुको आरोप छ।

बिज्ञापन

कार ठोकिए लगतै कारभित्रबाट २३ जना मानिसहरु निस्केर भित्रबाट पोकाहरु झिक्दै सीटी रीक्सामा हालेर भाग्नु र प्रहरीले देखेर पनि नदेखे झै गर्नुले पनि आर्थिक सेटिङ्ग रहेको पुष्टि गर्छ। प्रहरीले ट्रक र कार नियन्त्रणमा लिएको भएपनि त्यसमा रहेका मानिसहरुका बारेमा केही बताउन चाहेनन् । एक जनालाई  प्रहरीले नियन्त्रणमा लिएको भनिए पनि उनी ट्रकका चालक हुन या कारका भन्ने खुलेको छैन।

यता जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले दुर्घटनामा परेको कारमा गाँजा बरामद गरीएको भए पनि सवै विवरण आउन बाकी रहेको बताए। उनले भने, ‘घटना स्थलमा मातहतका प्रहरीले काम गरिरहेको छ। सवै विवरणहरु आईपुगेको छैन। विवरण आईपुग्ने वितिकै तपाईहरुलाई जानकारी भईहाल्छझ भन्दै पन्छिएका छन्।

बिज्ञापन

भारतको बिहारमा मदिरा बन्द गर्नुको कारण भारतीय बजारमा गाँजाको माग बढेकोले नेपालबाट प्रतिबन्धित लागुऔषध गाँजा प्रहरीकै मिलोमतोमा व्यापक तस्करी भइरहेको स्थानीयहरुको भनाइ छ। धनगढीको उत्तरीक्षेत्रमा गाजाँ सङ्कलन गरी जिरोमाईल बडियारपट्टी हुँदै भारतीय बजार सम्म जाने गरेको स्थानीयहरु बताउँछन्। प्रहरीकै मिलेमत्तोमा यसक्षेत्रबाट गाँजा तस्करी हुने गरेको स्थानीहरुको आरोप छ।

कारमा रहेको पाँच बटा कालो प्लाष्टिकमा गाँजा रहेको प्रहरीले पुष्टि गरेको छ। ती पोकाहरुमा २१, वटा पोकाहरुमा २८, २६, २७ र २८ गरी १ सय ३० केजी गाँजा रहेको प्रहरीले जनाएको छ। अहिलेको घटनामा पनि प्रहरीले ढाकछोप गर्ने प्रयास गरेको स्थानीयले आरोप लगाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष