धनुषा भ्रष्टाचारको पहिलो स्थानमा

मधेस प्रदेशमा सबैभन्दा बढी धनुषा जिल्लाको उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले मधेस प्रदेशका विभिन्न जिल्लाबाट विगत दुई आर्थिक वर्षमा परेका उजुरी सार्वजनिक गर्दा धनुषा जिल्ला भ्रष्टाचारमा अग्र देखिएको हो ।

बिज्ञापन

मधेस प्रदेशका विभिन्न जिल्लाबाट विगत दुई आर्थिक वर्षमा परेका उजुरीमध्ये ६ हजार ४७२ वटा फर्छ्योट गरिएको जनाएको छ । उक्त कार्यालयका अनुसार, आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ मा मधेस प्रदेशका आठ जिल्लाबाट कुल आठ हजार ५२९ उजुरी दर्ता भएको थियो । तीमध्ये सबैभन्दा बढी धनुषाबाट उजुरी परेको थियो ।

बिज्ञापन

उक्त दुई आर्थिक वर्षमा धनुषाबाट एक हजार ४२२ उजुरी परेकामा एक हजार ५६ वटा फर्छ्योट भएको थियो । यस्तै, दुई वर्षमा बाराबाट एक हजार २०७ उजुरीमध्ये ८८७, सप्तरीबाट एक हजार १७० उजुरीमध्ये ९७१, रौतहटबाट एक हजार ३५ उजुरीमध्ये ७३४, महोत्तरीबाट एक हजार २२ उजुरीमध्ये ८३४ वटा फर्छ्योट भएको जानकारी दिइएको छ ।

पर्साबाट ९५६ उजुरीमध्ये ६९१, सिरहाबाट ८८१ उजुरीमध्ये ६८७ र सर्लाहीबाट ८३६ उजुरीमध्ये ६४२ वटा फर्छ्योट भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । तीमध्ये ८० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको कार्यालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष