संघीय संसदका तीन वटा समितिको बैठक बस्दैछ । आज बस्ने शिक्षा, राज्य ब्यवस्था र अर्थ समितिको बैठक बस्दैछ ।
बिज्ञापन
संसद् सचिवालयका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका बैठक आज २ बजे बस्दैछ । उक्त बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग आइतबारदेखि निरन्तर छलफल चलिरहेको छ ।
आइतबारको बैठमका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता,मुख्य सचिव एकनारायण अर्याल लगायत छलफलमा उपस्थित थिए । उक्त दिनको बैठकमा ८ जना संशोधनकर्ताहरुमात्र उपस्थित रहेका थिए ।
यस्तै मंगलबारको बैठकमा रक्षामन्त्री मानवीर राई उपस्थित रहेका थिए । हिजोको बैठकमा एमालेका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरुले विभिन्न बुँदामा संशोधन प्रस्ताव राखेका थिए ।