स्वास्थ्य मन्त्रालय मातहतका उच्च अधिकारीको सरुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहात निकायका केही उच्च कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ ।

बिज्ञापन

लामो समयदेखि व्यवस्थापन महाशाखामा अड्डा जमाएका डा. सुरेन्द्र चौरसियालाई उपचारात्मक महाशाखा पठाइएको छ । चौरसिया उपकरण खरिद विषयमा विवादमा परिरहने व्यक्ति हुन् । व्यवस्थापन महाशाखामा मन्त्रालयको समन्वय महाशाखामा कार्यरत दयाकृष्ण पन्तलाई जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी हाडर्जोनी विशेषज्ञ डा. बद्री रिजालले पाएका छन् । हाल सेन्टरको नेतृत्व गरेका डा. रुद्र मरासिनीलाई हटाएर डा. रिजाललाई जिम्मेवारी दिइएको हो । यसअघि पनि डा. रिजालले उक्त जिम्मेवारी सम्हालिसकेका छन् । डा. मरासिनीले भने सेन्टरमा विशेषज्ञ चिकित्सकका रुपमा कार्य गर्नेछन् ।

यसैगरी टेकु अस्पतालमा रहेकी रोशनी लक्ष्मी तुईतुईलाई वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख बनाइएको छ । वीर अस्पतालको नर्सिङ क्याम्पसकी बदना थापा टेकु अस्पताल सरुवा भएकी छिन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष