पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा जोडिएका अर्काे एक व्यक्तिलाई प्रहरीले एयरपोर्टबाट पक्राउ गरेको छ । जिबी राई,रवि लामिछाने,छविलाल जोशीसँगै सहकारी ठगीमा जोडिएका फरार प्रतिवादीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
बिज्ञापन
पोखरा घर भएका कृष्ण गुरुङलाई प्रहरीले त्रिवि एयरपोर्टबाट समाएको हो । पक्राउ परेका राई सूर्यदर्शनको सञ्चालक समिति सदस्य हुन् । कतार जान लागेको अवस्थामा उनलाई पक्राउ गरेका प्रहरीले जनाएको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा संगठित रुपमा सहकारी ठगीमार्फत् सम्पत्ति शुद्धिकरण गरेको कसूरका फरार रहेका उनलाई एयरपोर्टबाट प्रहरीले समाएको हो ।
बिज्ञापन
पोखरा महानगरपालिका ११ स्थायी ठेगाना भएका कृष्णबहादुर पीए ०६८०९१० नम्बरको राहदानी बोकेर कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा साँझ ६ बजे दोहा हुँदै बेलायत उड्न लागेका थिए । विमानले उडानको तयारी गरिरहँदा अन्तिम क्षणमा अध्यागमन कार्यालयले पक्राउ गरेर प्रहरीलाई बुझाइएको हो ।