ओली सरकारका मन्त्रीहरु फजुल खर्चमा व्यस्त रहेको भेटिएको छ । कोहीमन्त्रीहरुले ५० लाख हाराहारी खर्चेर नयाँ कार्यकक्ष बनाएका छन् भने कोही लाखौं खर्चेर आफू अध्यक्ष रहेको संस्थानको केन्द्रीय कार्यालय भवनमा कार्यकक्ष बनाएर इतिहासमै नभएको नयाँ रेकर्ड कायम गरिदिएका छन् ।
बिज्ञापन
लैनचौरस्थित नेपाल स्काउटको १२ रोपनी जग्गा हडप्ने प्रकरणमा समेत मुछिएका उर्जा मन्त्री दिपक खड्काले प्राधिकरणका एमडी कुलमान घिसिङको कार्यकक्ष रहेको एक तलामाथि मन्त्रीको लागि नयाँ कार्यकक्ष निर्माण गरेर प्राधिकरणको इतिहासमा नयाँ रेकर्ड कायम रेका हुन । प्राधिकरणको ४० बर्षेको इतिहासमा मन्त्रीले प्राधिकरणमा यसरी कार्यकक्ष नै बनाएको यो पहिलो पटक हो ।यद्यपि मन्त्री खड्काले आफ अध्यक्ष भएको संस्थामा बस्नका लागि कार्यकक्ष निर्माण गरिनु साधरण बिषय भएको भन्दै सामान्यीकरण गर्दै आइरहेका छन् । यसै गरी मन्त्रीहरु जुन नुन संस्थाको अध्यक्ष छन्,त्यही त्यही कार्यकक्ष बनाउँदै जाने हो प्रधनानमन्त्री विभिन्न ३० वटा संस्थाको अध्यक्षता गरिरहेका छन् । उनी जुन जुन संस्थाका अध्यक्षता गरिरहेका छन्,त्यही कार्यकक्ष खडा गर्दै हिड्ने ?
बिज्ञापन
प्राधिकरणका प्रशासन निर्देशनालयका उपकार्यकारी निर्देशक तुलराम गिरीको कार्यकक्ष र सचिवालय हटाएर मन्त्री खड्काको कार्यकक्ष बनाइएको हो । यो कार्यकक्ष निर्माणमा लाखौ खर्च भएको बताइएको छ । मन्त्री खड्काका लागि सिंहदरबारमै ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्रीको कार्यकक्ष रहेको भए पनि खड्काले प्राधिकरणमा पनि कार्यकक्ष बनाउँदा धेरैले अस्वभाविक भनेका छन् ।
डेडिकेटेड र ट्रंकलाइनको विवादमा प्राधिकरणसँग सिंगौरी खेलिरहेका मन्त्रीको यो कदमलाई आमरुपमा पनि स्वाभाविक मानिएको छैन । व्यापारी पोस्ने योजनामा बाधक बनेका घिसिङको काममा हस्तक्षेप गर्न उनले यस्तो हर्कत गरेको त्यहीका कर्मचारीहरु बताउँछन् ।
उता उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले झण्डै ५० लाख खर्चेर मन्त्रालयमा सुविधा सम्पन्न कार्यकक्ष निर्माण गरेका छन् । उपप्रधानमन्त्री भएर पुगे लगतै उनलाई आफ्नो कार्यकक्ष चित्त बुझेन । उपप्रधानमन्त्रीको कार्यालय र कार्यकक्ष उपप्रधानमन्त्रीको जस्तो नभएको भन्दै उक्त कार्यकक्ष भत्काएर नयाँ कार्यकक्ष निर्माण गर्नमात्र झण्डै ६० लाख खर्च गरिएको जनाइएको छ । नयाँ वालपेपर,कार्पाेट,सोफा सेटदेखि ७५ र ६५ इञ्चको एलइडी सेट लगायतका सबै सामाग्री नयाँ सेट गर्दा झण्डै ५० लाख खर्च भएको मन्त्रालयले जनाएको छ । शहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार झण्डै ५० लाख खर्चेर मन्त्रीको कार्यकक्ष गरिएको जनाइएको छ ।
बिज्ञापन
बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा मुछिएकी नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्य प्रकाशमान सिंहको दिदी हुन । अघिल्लो सरकारले उनलाई कारवाही प्रक्रिया अगाडि बढाएको भए पनि वर्तमान काँग्रेस एमालेको गठबन्धन भनेसँगै अहिले उनलाई उन्मुक्ति दिइएको छ ।