सिहाको भनगढीमाई नगरपालिकाले औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
बिज्ञापन
आयोगले बिहीबार विशेष अदालतमा पाँच जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो ।नगरपालिकाले मिलेमतोमा बिक्रेतासँग औषधि खरिद नगरी बिल बनाएर दाखिला नगरी रकम निकासा गरेको अख्तियारको दाबी छ ।
बिज्ञापन
जसमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले, लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, तत्कालीन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत यादव र हेल्पिङ मल्टी प्रपोज प्रालि मैतीदेवीका प्रबन्धन निर्देशक माधवप्रसाद गौतम छन् ।
उनीहरु पाँचै जनाविरुद्ध छुट्टाछुट्टै ४ लाख ६० हजार ८१० रुपैयाँ बिगो दाबी जरिवाना तथा कैद सजायको माग सहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।
बिज्ञापन
उनका अनुसार नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधि खरिदको लागि नेपाल सरकारको सःशर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधि स्थानीय पत्रिकामा प्रकाशित मूल्यभन्दा बढी मूल्य राखी खरिद गरेरगराएको पाइएको छ ।