बरिष्ठ सहसचिव राम प्रसाद घिमिरे सचिवमा बढुवा भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानु अघि बसेको क्याविनेटले सहसचिव घिमिरेलाई सचिवमा बढुवा गरेको हो ।
बिज्ञापन
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बढुवा सिफारिस समितिको बैठकले प्राविधिकतर्फ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत सहसचिव दिनानाथ मिश्र, खानी विभागका महानिर्देशक राम प्रसाद घिमिरे र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत मधुप्रसाद भेटवालको नाम सिफारिस गरेको थियो ।
बरियताका आधारमा पहिलो नम्बरमा दिनानाथ मिश्र भए पछि सरकारले अवको दुई साता पछि उमेर हद लागेर घर जान लागेका सहसचिव घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
बिज्ञापन
सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल अनिवार्य अवकाशमा गएसँगै प्राविधिक तर्फ सचिव पद रिक्त हुन पुगेको थियो ।