गृह मन्त्रालय ३ सहसचिवहरुको आन्तरिक सरुवा गरेको छ । मन्त्रालयले सहसचिवहरु डा टोकराज पाण्डे,डा भिष्मकुमार भुसाल र आनन्द काफ्लेको जिम्मेवारीमा हेरफेर गरेको हो ।
बिज्ञापन
गृहमन्त्री रमेश लेखकको मन्त्रीस्तरीय निर्णयबाट डा टोकराज पाण्डेलाई राष्ट्रिय विपद तथा द्धन्द महाशाखाको प्रमुखको जिम्मेवारीमा सारिएको छ । पाण्डे यस अघि नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख थिए । उक्त महाशाखामा आनन्द काफ्लेलाई ल्याइएको छ ।
बिज्ञापन
पाण्डेलाई खटाइएको जिम्मेवारी सम्हाल्दै आएका डा भिष्मकुमार भुसाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा खटाइएको छ ।