इँटा प्रहार गरी श्रीमान‍्को हत्या

धनगढी । कञ्चनपुरमा श्रीमतीले इँटा प्रहार गरी श्रीमान‍्को हत्या गरेकी छन्। बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको उनकी श्रीमतीले हत्या गरेकीफ हुन्।

बिज्ञापन

घरको ट्वाइलेटमा चिप्लिएर मृतु भएको भनिए पनि इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक भास्कर चन्द नेतृत्वमा खटिएको टोलीले अनुसन्धान गर्दा हत्या गरिएको अवस्थामा शव फेला परेको जनाएको छ। घटनास्थलमा पुग्दा मृतकको शव लडेको स्थानमा नभएर केही पर ग्यालरीको कुनामा सिरकले छोपी राखिएको अवस्थामा फेला परेको थियो।

बिज्ञापन

मृतक रानाको टाउको र तालुको विभिन्न भागमा काटिएको छ। घरभित्र खानतलासी गर्दा कोठा, कुर्सी, टेबल, ढोकालगायत स्थानमा रगतका छिटा देखिएको प्रहरीले जनाएको छ।

खाटमुनी रगत लागेको इट्टाको आधा भागसमेत प्रहरीले फेला पारेको छ। कोठामा रहेको दराजभित्र प्लास्टिकको सानो झोलाभित्र पुरुष र महिलाले लगाउने कपडामासमेत रगत देखा परेको छ।

बिज्ञापन

श्रीमती ४३ वर्षीया जनककुमारी रानाले आफूहरूबीच बिहीबार बिहान झगडा भएको र दिउँसो श्रीमान् सुतेको अवस्थामा इँटाले टाउकोमा हानेर हत्या गरेको स्वीकारेकी छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत कञ्चनपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष