अतिरिक्तका कर्मचारी थन्काउने प्राधिकरणलाई चाहियो सीइओ

गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त आव्हान भएको छ ।
७६ साल मंसिर २६ मा कार्यकारी प्रमुखमा नियुक्त भएका अनिल पोखरेल घर जाने भए सँगै सो पदमा लैजानका लागि कार्यकारी नियुक्ति प्रक्रिया अगाडि बढाइएको हो ।
प्राधिकरणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १० बमोजिम प्राधिकरणको कार्यकारी प्रमुखमा आजको मितिले १५ दिनभित्र गृह मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखा, सिंहदरबारमा आइपुग्ने गरी रीतपूर्वकको दरखास्त पेस गर्न सूचनामार्फत आग्रह गरिएको छ ।

बिज्ञापन

२९ मंसिर २०७६ मा खुलेको यो कार्यालय गृहको छाँयामा परेको छ । ३६ कर्मचारीको दरबन्दी रहेको उक्त कार्यालयमा गृहमा अतिरिक्त समूहमा रहेका कर्मचारी थन्काउने थलो बन्न पुगेको छ ।

बिज्ञापन

गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाको नेतृत्व सहसचिवबाटै हुन्छ । प्राधिकरणमा राजनीतिक नियुक्ति लिएर आएका सहसचिवस्तरकै सीईओ रहने गर्दछ ।

प्राधिकरणमा सीईओसँगै नेपाल सरकारका प्रशासन र प्राविधिक सहसचिवहरु पनि कार्यरत छन् । ऐनले अधिकार सम्पन्न परिकल्पना गरे पनि प्राधिकरणलाई मन्त्रालयको विपद् महाशाखा अन्तर्गतको शाखा जस्तो गरी चलाइएको कर्मचारीहरु गुनासो गर्दछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष