छात्रवृत्तिमा वैदेशिक अध्ययनमा जान इच्छुक कर्मचारीसँग सामान्यले माग्यो आवेदन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक अध्ययनमा जान चाहने इच्छुक कर्मचारीहरुसँग निवेदन माग गरेको छ । कोरिया सरकार (कोइका)द्धारा नेपाल सरकारका निजामती कर्मचारीलाई उपलव्ध हुने छात्रवृत्ति कार्यक्रममा जान चाहने इच्छुक र योग्य उमेद्धारहरुसँग मन्त्रालयले आवेदन माग गरेको हो ।

बिज्ञापन

विभिन्न १० वटा कार्यक्रमका लागि मन्त्रालयले इच्छुक र योग्यता पुगेका कर्मचारीहरुबाट आवेदन आह्वान गरेको छ । जसमा १७ महिने मास्टर डिग्री कार्यक्रमका लागि ५ वटा र ३६ महिने डक्टरल डिग्री कार्यक्रमका लागि ५ वटा विभिन्न बिषयमा छात्रवृत्तिमा अध्ययन गर्न जान इच्छुक कर्मचारीहरुसँग आवेदन माग गरिएको छ ।सामान्य प्रशासन मन्त्रालयका अनुसार कोइकाबाट उपलव्ध हुने कार्यक्रमका लागि ३६ जना कर्मचारीहरु मनोनयन गरी पठाइने भएको छ ।

बिज्ञापन

इच्छुक र योग्य उमेद्धारले नाम थर,पद,हाल नियुक्ति र शुरु नियुक्ति,हाल कार्यरत निकाय,सेवा वा समूह,संकेत नम्बर,समायोजन भएको तह,अध्ययन गर्न चाहेको बिषयसहित कार्यरत कार्यालयको सिफारिस र अद्यावद्यिक वैयक्तिक विवरणसहित आगामी २९ फागुनभित्रै निवेदन पेश गर्न भनिएको छ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष