पाँच बर्षका लागि नियुक्ति पाएका सचिव अधिकारीले पाँचै महिनामा किन दिए राजीनामा ?

प्रतिनिधिसभा सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । पाँच महिना अगाडि गत असारमा मात्र नियुक्ति लिएका अधिकारीले साँढे चार बर्षे कार्यकाल बाँकी हुँदै पदबाट राजीनामा दिएका हुन । गत असारमा सचिव पदमा नियुक्त भएका उनले पाँच महिना पछि नै जिम्मेवारीबाट अलग हुने निर्णय लिएका हुन ।  गत वैशाख १७ मा सेवाहदका कारण अनिवार्य अवकाशमा गएका तत्कालीन शिक्षा सचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्ति दिइएको थियो गत असारमा ।

बिज्ञापन

प्रतिनिधि सभाको सचिवको रुपमा कार्यरत पद्यमप्रसाद पाण्डे महासचिव भएसँगै रिक्त रहेको प्रतिनिधि सभाको सचिवमा पूर्व सचिव सुरेश आचार्यलाई नियुक्ति गरिएको थियो । तर पाँच महिना पछि स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिएका हुन । अधिकारीले भोलिबाट लागू हुने गरी राजीनामा दिएका हुन ।

बिज्ञापन

०७६ बैशाख १० मा नेपाल सरकारको सचिव नियुक्त भएका अधिकारीले  शिक्षा मन्त्रालयको सचिवबाट अनिवार्य अवकाशमा गएका थिए,सेवा हद लागेर । निजामती सेवामाा ३६ वर्ष काम गरेका अधिकारी सहसचिव हुँदा गृह मन्त्रालय र मातहतका विभिन्न निकाय, सुचना तथा सञ्चार मन्त्रालय, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रपति कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेर महत्वपुर्ण जिम्मेवारी निर्वाह गरेका थिए । सचिवमा बढुवा भए पछि कोशी प्रदेश प्रमुख सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिताएका थिए ।

प्रतिनिधि सभाको सचिवको पदाअवधि पाँच बर्ष पदाअवधि हुन्छ ।तर सचिव अधिकारीले पाँच महिनामै राजीनामा दिएका हुन ।संसद सचिवालय स्रोतले भन्यो,जागिरे जीवनमा सचिव हुँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यकारी भूमिका निर्वाह गरेका अधिकारी संसदको सचिवको खुम्चिएको भूमिकामा बस्न नचाहेर राजीनामा दिनुभएको हो ।

बिज्ञापन

संसद सचिवालय स्रोतका अनुसार,अधिकारी दशैं अगावै राजीनामा दिने मुडमा थिए । यद्यपि केही समय रोकिएका उनले आइतबार राजीनामा बुझाएका हुन,राजीनामा स्वकीृत हुन बाँकी छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष