चापागाईद्धारा अन्तर्वार्ता बहिष्कार,को बन्ला अब वोर्ड अध्यक्ष ?

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि अन्तर्वार्ता दिन दुई जनामात्र सिंहदरबार पुगेका छन् । अन्तर्वार्ताका लागि तीनेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नबराज अधिकारी र चिरञ्जीवी चापागाईँलाई डाकिएको भए पनि अन्र्तवार्तामा सहभागी हुन अधिकारी र कार्की मात्र पुगेका हुन ।

बिज्ञापन

यसअघिको प्रक्रियामा सहभागी नभएका तीनजना उम्मेदवारको आज अन्तर्वार्ताका लागि बोलाइएको थियो । अघिल्लो पटक लागि बोलाउँदा छनोट सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष शिवराज अधिकारी अचानक बिरामी भएपछि अन्तरवार्ता स्थगित भएको थियो । सो अन्तरवार्तामा पनि चापागाईँ सहभागी भएका थिएनन् ।

बिज्ञापन

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ तथा सन्तोष नारायण श्रेष्ठले यसअघि नै प्रक्रिया बमोजिम नै अन्तर्वार्ता दिइसकेका छन्। अब अन्तर्वार्ता तथा कार्यायोजना प्रस्तुत गरेका चार जनामध्ये समितिले उत्कृष्टताका आधारमा कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नेछ । तीमध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्ष नियुक्त गर्नेछ ।

अघिल्लो वर्ष पुस २० गतेदेखि रिक्त धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया लामो समयदेखि अन्योलमा रहँदै आएको छ । झण्डै एघार महिनादेखि रिक्त रहेको धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति हुन सकेको छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष