समायोजनका कारण समस्यामा परेका कर्मचारीलाई राहत हुने गरी नयाँ ऐन ल्याउने तयारी

कर्मचारी समायोजनका कारण समस्यामा परेका स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या सामाधान गर्ने स्वास्थ्य मन्त्री अग्रसर देखिएका छन् । मन्त्री प्रदीप पौडेलले समायोजनका कारण समस्यामा परेका स्वास्थ्य सेवाका कर्मचारीको समस्या सामाधान गर्ने गरि नयाँ ऐन ल्याउने प्रक्रिया अगाडि बढाएका हुन ।

बिज्ञापन

संघ,प्रदेश र स्थानीय तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउने प्रक्रिया अगाडि बढाएका हुन मन्त्री पौडेलले ।  हिजो बसेको क्याविनेट बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रक्रिया अघि बढाएका थिए । मन्त्रिपरिषद्ले उक्त ऐन ल्याउन सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

बिज्ञापन

हाल संघीयताअनुरुपको नयाँ ऐन नआउँदा समायोजन भएका कर्मचारीको वृत्तिविकास तथा बढुवा आदिमा समस्या परेको कारण नयाँ स्वास्थ्य सेवा ऐन लयउन खोजिएको हो । हाल स्वास्थ्य नेपाल स्वास्थ्य सेवा ऐन २०५३ नै अस्तित्वमा रहेको छ ।

अब मन्त्रालयले ऐनको मस्यौदा तयार पारेर संसदमा लैजानुअघि मन्त्रिपरिषदमा पुनः स्वीकृतिका लागि लैजानेछ । त्यसपश्चात नयाँ ऐन संसदमा टेबुल हुनेछ । ऐन कार्यान्वयनमा आएमा संघीय स्वास्थ्य सेवामा रहेका २८ हजारका अलावा विभिन्न तहमा समायोजनमा रहेका गरी कुल ५८ हजारभन्दा बढी स्वास्थ्य कर्मचारी लाभान्वित हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष