अर्थका कोर टिम डाकेर मन्त्रीले जब पोखे असन्तृष्टि

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल मातहतका निकाय र कर्मचारीका कार्यशैलीप्रति असन्तृष्टी पोखेका छन् । राष्ट्रिय कर दिवसको अवसरमा लाजिम्पाटमै पुगेर उनले उक्त कार्यालयको कार्यसम्पादनप्रति असन्तृटि पोखेका थिए । त्यो सिलसिला अझैं रोकिएको छैन ।

बिज्ञापन

मंसिर १ गतेको समारोहमाउनले सामान्य हिसाबले कार्यसम्पादन गरेर राजस्वको लक्ष्य भेट्न सम्भव नहुने बताउँदै कर प्रशासनका कर्मचारीप्रति घुमाउरो आक्रोश जनाएका उनले अर्थ मन्त्रालयका कोर टिमका कर्मचारीहरु डाकेर कर संकलनमा केन्द्रित हुन कर प्रशासक र सोसँग सम्बन्धित निकायलाई निर्देशन दिँदै राजस्व संकलन जसरी हुनुपर्ने हो, त्यो नभएको बताएका हुन । कार्य सम्पादन र लक्ष्य एवं प्रगतिको विगत आर्थिक वर्षसँग तुलनात्मक अध्ययन गर्दा प्रगतिको अवस्था सन्तोषजनक नभएको भन्दै मन्त्रीले असन्तृष्टि पोखेका एक सहसचिवले जनाएका छन् । मन्त्रालयमा बिहान दुई घन्टासम्म चलेको एसएमटी (सिनियर मेनेजमेन्ट कोर टीम)को बैठकमा उनले कोर टिमका कर्मचारीबीच असन्तृष्टि पोखेका हुन ।

बिज्ञापन

अर्थमन्त्री पौडेलले करको दायरा विस्तार,बक्यौता असुली,कर प्रशासनको प्रभावकारिता,अन्तरमन्त्रालय समन्वय, भन्सार बिन्दुभन्दा बाहिरका गतिविधि, कर प्रशासनमा सृजना गर्न खोजिएका चुनौतीलगायतका पक्षमा ध्यान दिन कर्मचारीहरुलाई सजग गराउँदै कर संकलनको सिष्टम ब्रेक गर्न खोज्नेलाई कानुनबमोजिम हदैसम्मको कारवाही गर्ने चेतावनी समेत दिए । अर्थ मन्त्रालयले गरेको चार महिने राजस्व संकलन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले कर छलिमा निर्मम बन्न राजस्व प्रशासनका कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।
२०८० असोज र ०८१ असोजको कार्यसम्पादन, सूचकहरुको प्रगतिको अवस्थाबारे मूल्यांकन गर्दा प्राय परिसूचक गत वर्षको यसै अवधिजति पनि प्रगति नभएको, बजार अनुगमनको संख्या गत वर्षको जारी अवधिको भन्दा पनि न्यून रहेको,बक्यौता असुली, बेरुजु फछ्र्यौट, आन्तरिक, प्रशासनिक र पुनरावलोकनको प्रगति पनि सन्तोषजनक छैन भन्दै अर्थमन्त्री पौडेलको असन्तुष्टि पोख्दै आएका छन् ।
उक्त कार्यक्रममा अर्थ सचिव डा राजस्व सचिव दिनेशकुमार घिमिरेले राजस्वको लक्ष्यलाई ध्यान दिएर थप मेहनत गरेर अघि बढ्ने बताए । सचिव  रामप्रसाद घिमिरेले राजस्वको लक्ष्य पूरा गर्ने गरी अघि बढ्ने बताउँदै राजस्व सङ्कलन रणनीति कार्यान्वयनमा जोड दिए ।

भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनी र आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले राजस्व सङ्कलनका क्षेत्रमा देखा परेका अवसर र कमजोरीहरूलाई ख्याल गर्दै राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न आफूहरूले सक्दो पहल गरिरहेको बताएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष