कर्मचारी कार्यालय पुगिसकेपछि सार्वजनिक बिदा

सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिदा भए पनि धेरैजसो कर्मचारी कार्यालय पुगिसकेका छन्।

बिज्ञापन

कतिपय सेवाग्राहीसमेत कार्यालय पुगिसकेको अवस्थामा बिदा हुँदा समस्या भएको छ। ढिलो गरी निर्णय हुँदा कर्मचारी र सेवाग्राहीले सास्ती भोगेका छन्।आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। ढुंगानाको भने हिजै दिउँसो निधन भएको थियो। सरकारले ढिलो गरी निर्णय गर्दा कर्मचारी र सर्वसाधारणले दुःख पाएका छन्।

बिज्ञापन

विशेष गरी सिंहदरवारस्थित मन्त्रालयमा आउने धेरैजसो कर्मचारी आफ्नो काम थाल्न तयार थिए। कतिपयले हाजिर गरेर काम सुरु गरेका थिए भने केही कर्मचारी बैठक र अन्य औपचारिकताका लागि तयारी गरिरहेका थिए। अधिकांश कर्मचारीहरू बाटैमा थिए । तर, बिदाको निर्णय सार्वजनिक भएपछि कार्यालयको माहोल बदलियो र कर्मचारीहरू कार्यालय छोडेर घर फर्किन थाले।

सरकारको निर्णय सार्वजनिक हुँदै गर्दा कतिपय कर्मचारी तथा सेवाग्राही कार्यालय पुगिसकेका थिए। राहदानी विभाग, यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालयहरुमा नौ बजेदेखि नै सेवाग्राहीको भिड लाग्ने गर्छ। यी कार्यालय अचानक बन्द हुँदा समस्या भएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष