असारमा निमित्त प्रमुख प्रशासकीयको कुर्सी,कार्तिकमा भ्रष्टचार मुद्धा

निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएको चार महिना पछि नै एक अधिकृतमाथि भ्रष्टाचारको मुद्धा चलेको छ ।

बिज्ञापन

बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुमाथि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्धा चलाएको हो । गत कार्तिक ८ गते ७८ हजार घुससहित पक्राउ परेका उनीविरुद्ध अख्तियारले विशेषमा मुद्धा चलाइएको हो ।

बिज्ञापन

कानुलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो । बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरी आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले उनलाई पक्राउ गरेको हो । हेटौडाबाट खटिएको टोलीले उनलाई ७८ हजार घुससहित पक्राउ गरेको जनाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साहलाई कलैया उपमहानगरपालिका– ४ बाट ७८ हजार रुपैयाँसहित पक्राउ कानुनाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा घुस रकम बराबरकै बिगो रकम दाबीसहित विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।
साह गत असार तेस्रो साताबाट सिम्रौनगढको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए । मन्त्रालयले नगरपालिकामा कार्यरत वरिष्ठ कर्मचारीमध्ये अधिकृत सातौँ तहका साहलाई प्रमुख प्रशासकीयको जिम्मेवारी दिएको थियो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष