रिपोर्टरको कोटामा राष्ट्रपतिका सल्लाहकार र राससका अध्यक्ष बाकु उडेपछि खैलाबैला

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी भएर आज बिहान स्वदेश फर्किएका छन् ।
राष्ट्रपति पौडेल अजरबैजानका आफ्ना समकक्षी इलहम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन यही कात्तिक २५ गते बाकुतर्फ प्रस्थान गरेका थिए ।

बिज्ञापन

उक्त सम्मेलनमा भाग लिन राष्ट्रपति पौडेलका साथ प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका जल तथा वातावरणविज्ञ डा परमेश्वर पोखरेल, राष्ट्रपति कार्यालयका सचिव नाराणप्रसाद शर्मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्कर, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव अवज्ञा पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, राष्ट्रपतिका सञ्चारविज्ञ किरणकुमार पोखरेल सहभागी थिए ।

बिज्ञापन

अजरबैजान जाने टोलीमा असम्बन्धित व्यक्तिहरु परेको भनेर आलोचना भइरहेका बेला राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलदेखि राससका अध्यक्षसम्म विवादमा तानिएका छन् । सरकारले मन्त्रिपरिषदबाट टुंगो लगाएको राष्ट्रपतिको भ्रमण दलमा नपरेका पोखरेल मिडियाकर्मी (रिपोर्टर)को कोटामा सरकारी भत्ता खाएर बाकु उडेपछि समेत खैलाबैला मच्चिएको छ ।

राष्ट्रपतिका जलवायु मामिला विज्ञ परमेश्वर पोखरेल सरकारको भ्रमण दलमा परेपछि पोखरेलको कोटा थिएन । तर सरकारको खर्चमा बाकु घुम्न जाने रहरले राज्यमन्त्री सरहका राष्ट्रपतिका संचार विज्ञ पोखरेल सरकारी सन्चारमाध्यमका रिपोर्टरको कोटामा उडेको परराष्ट्र स्रोतले जनाएको छ । राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनको कोटामा तीन जनाको नाम मिडियाको कोटाबाट भ्रमण स्वीकृत सरकारले गरेको थियो । त्यसमा नेपाल टेलिभिजनका क्यामेरा पर्सन उत्तम सिलवाल परेका छन् । राससबाट कार्यकारी अध्यक्ष धमेन्द्र दाहाल आफैं बाकु उडेको राससमा समेत असन्तुष्टि छ ।

बिज्ञापन

राससका सम्बन्धित बिटको समाचारदाता जानुपर्ने कार्यक्रममा अध्यक्ष आफैंले लोभ गरेको र रिपोर्टरको कोटामा राष्ट्रपतिको प्रेस सल्लाहकार जस्तो व्यक्ति जानुले पदको गरिमाकै बेइज्जत भएको टिप्पणी भइरहेको छ । यसअघि कोपमा जहिले पनि सम्बन्धित बिटका रिपोर्टर पठाउने चलन थियो । बाकु जाने राष्ट्रपतिको टोलीमा प्रथम महिला सबितना पौडेल,विज्ञ परमेश्वर पोखरेल,सचिव नारायण प्रसाद दुवाडी ,प्रमुख स्वकीय सचिव छोरी अवज्ञा पौडेल,निजी चिकित्सक निरज बम,अंगरक्षक मनोज बैदवार,मेजर हरिवहादुर श्रेष्ठ समेत छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष