चिलिमे हाइड्रोपावरको नाफा बढ्यो

चिलिमे हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २० करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आवको यसै अवधिको तुलनामा सामान्य बढेको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले २० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बिज्ञापन

विद्युत् बिक्री आम्दानीले नाफामा सामान्य योगदान पुगेको देखिन्छ । यस्तो आम्दानी पहिले ३४ करोड २८ लाख रुपैयाँ रहेकोमा अहिले ३६ करोड १८ रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १० रुपैयाँ ५१ पैसा छ । प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ८९ पैसा छ । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५९३ रुपैयाँ छ ।

बिज्ञापन

कम्पनीले सान्जेन जलविद्युत् आयोजना, रसुवागढी हाइड्रोपावर तथा मध्यभोटेकोशीजस्ता ठूला आयोजनामा समेत लगानी गरेको छ । यी तीनै आयोजना करिब सम्पन्न भएका छन् । तीनै आयोजनामा प्रशारणलाइन तथा विद्युत् जडान कार्य भइरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष