सहसचिव र उपसचिव तहका ४१५ पदमा पदपूर्तिको तयारी,लोकसेवा पुग्यो सामान्यको पत्र

सरकारले विभिन्न ४१५ पदमा पदपूर्तिको तयारी गरेको छ । उपसचिव र सहसचिव तहका ती पदमा पदपूर्तिको तयारी भइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जनाएका छन् ।

बिज्ञापन

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका गरी ४ सय १५ पदमा पदपूर्ति गर्ने तयारी भइरहेको जनाएका हुन ।

बिज्ञापन

सेवाग्राहीको अत्याधिक भिड हुने सरकारी कार्यालयहरूमा कर्मचारी अभाव हुन नदिने उदेश्य अनुसार राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) तहका ४१५ पदमा नियुक्तिको प्रक्रिया अगाडि बढाइएको छ। यसका लागि लोकसेवा आयोगमा पदपूर्तिको माग पठाइसकिएको मन्त्री गुप्ताले जनाएका छन् ।

बिज्ञापन

कर्मचारी अभावका कारण केही सरकारी कार्यालयहरूको सेवा प्रवाहमा समस्या आइरहेको गुनासो बढिरहेका बेला मन्त्री गुप्ताले सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन जिल्ला प्रशासन, यातायात, मालपोत, राहदानी विभागलगायतमा कर्मचारी थप्ने तयारी भइरहेको बताएका हुन ।

मन्त्रालयले अहिले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन प्रशासनिक सङ्गठनहरूको संरचनालाई कार्यबोझका आधारमा समयसापेक्ष रूपमा परिवर्तन गर्दै लगेको मन्त्री गुप्ताको भनाइ छ ।

सङ्घीय मन्त्रालय र कार्यालयमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) कार्य सम्पन्न गरी समग्रमा सङ्घीय कार्यालयमा २१० वटा दरबन्दी कटौती गरिएको समेत उनले बताए ।
मन्त्री गुप्ताका अनुसार उच्च व्यवस्थापन तहमा नेतृत्व विकासमा सहयोग पुर्‍याउने गरी २५ जना सहसचिवलाई तालिम प्रदान गरी कर्मचारीको क्षमता विकास र कर्मचारी व्यवस्थापनमा मन्त्रालय सक्रिय भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष