राष्ट्रपति,मन्त्रीसँगै विदेश जानेमा छानिए स्टोरका कर्मचारी

वन तथा वातावरण मन्त्रालयले विज्ञहरुलाई छोडेर मन्त्रालयकै स्टोरकिपरदेखि सहसचिव सचिवसम्मको जम्मो टोलीलाई अजरवैजानमा पठाएको भेटिएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा भाग लिन वन मन्त्रालयका स्टोर हेर्ने कर्मचारीदेखि सचिवसम्म गरी तीन दर्जन कर्मचारी त्यतातर्फ धमाधम उडान गर्दैछन् ।
सो टोलीमा वनमन्त्रीका छोरादेखि मन्त्रीको सचिवालयमा बस्ने कर्मचारीसम्मलाई छुटाइएको छैन तर विज्ञ र जलवायूकै क्षेत्रमा कार्यरतहरुले भनेर अवसर नपाएको भेटिएको हो । उक्त कार्यक्रममा भाग लिन आजैमात्र वन मन्त्री त्यता प्रस्थान गरेका छन् ।

बिज्ञापन

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा भाग लिन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी अजरबैजानको राजधानी बाकुतर्फ प्रस्थान गरेका हुन । सचिव दीपक खरालसहित मन्त्री अजरवैजानतर्फ उडेका छन् ।  कात्तिक २६ गतेदेखि मङ्सिर ७ सम्म आयोजना हुने उक्त सम्मेलनमा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल समेत त्यस तर्फ जाँदैछन् ।

बिज्ञापन

अजरबैजानको बाकुमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन अर्थात कोप राष्ट्रपति रामचन्द्र पौडेल त्यता जाने कार्यक्रम छ ।

सो कार्यक्रममा सहभागी हुन मन्त्री शाही नेतृत्वको प्रतिनिधिमण्डलमा वन सचिव डा दीपककुमार खराललगायत मन्त्रालयका सहसचिव,उपसचिवदेखि तल्ला तहका कर्मचारीहरु समेत सहभागी हुनेछन् । सो कार्यक्रममा भाग लिन वन मन्त्रालयका स्टोरकिपरदेखि सुब्बा,अधिकृत, उपसचिव,सहसचिव,सचिव,मन्त्रीसहित ३० भन्दा बढी कर्मचारीहरु सहभागी हुने भएका हुन । उक्त कार्यक्रममा भाग लिनका लागि सहसचिव बुद्धिसागर पौडेल, महेश्वर ढकाल, सिन्धु ढुंगाना, रेड कार्यान्यन केन्द्रका प्रमुख नवराज पुडासैनी, वनस्पती विभागका महानिर्देशक सञ्जिव राई, वन तथा भू संरक्षण विभागका सह सचिव धनन्जय लामिछाने, प्रशासनका सहसचिव भूपाल बराल, कानून तर्फका उपसचिव महेन्द्र शाही, लेखाका उपसचिव दिपक अधिकारी, प्रशासनका उपसचिव शोभाखर रेग्मी, प्रशासनका शाखा अधिकृत गंगा पाण्डे, खेम काफ्ले, नारायण रायमाझी, जलवायु परिवर्तन महाशाखाबाट उपसचिवहरू नरेश शर्मा, राजु सापकोटा, शिव खनाल, सुमन सुवेदी, हरी शर्मा, प्रकाश थापा, दीपा वली, प्राविधिक अधिकृतहरु हिमाल शिवाकोटी, शिला ज्ञवाली, प्रकाश लामिछाने, नारायण पोखरेल, अमृत शर्मा, कानुन अधिकृत जनकाराज शाही, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीका स्वकीय सचिव लेक विक्रम शाही, मन्त्रीका छोरा राजेन्द्र शाही लगायतका रहेका छन् ।

बिज्ञापन

बाकु पठाउन लागिएको जम्बो टोलीप्रति असन्तुष्ट एक जना सहसचिवले भने, ‘यति धेरै कर्मचारीलाई जलवायु सम्मेलनमा पठाउनुको कुनै अर्थ छैन । प्रायः ती सबै घुम्न जान लागेका हुन् । यस्तो बदमासी हुँदा समेत सबै मौन छन् ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष