निजामती सेवा विद्येयकप्रति स्थानीयका कर्मचारी ‘फायर’ :- आन्दोलनको तयारीमा लाग्न अपिल

सरकारले प्रतिनिधिसभामा दर्ता गरेको संघीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति स्थानीय तहमा कार्यरत कर्मचारीहरु असन्तुष्ट बनेका छन् । हालैमात्र संसदमा दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, प्रति आपत्ति जनाउँदै सञ्जालले आन्दोलनका लागि तयारी अवस्थामा रहन कर्मचारीहरुलाई अपिल गरेको छ ।

बिज्ञापन

स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालका अध्यक्ष दीपक गौतम र महासचिव दीपक सिंह धामीको संयुक्त हस्ताक्षरित विज्ञप्ति जारी गर्दे विद्येयकमा स्थानीय तहका कर्मचारीका मुद्धा समावेश गरी ऐन जारी गर्ने सुझाएको छ ।

बिज्ञापन

गत असोज १४ देखि २७ सम्म काठमाडौं केन्द्रीत सडक आन्दोलन र सो समयमा भएको १९ बुँदे सम्झौता कार्यन्वयनमा सरकार आफैं अनुदार रहेको र सरकारले कुनै पनि सम्झौता कार्यन्वयन नभएको पाइएपछि संघले काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाएको छ । विज्ञप्तिमा विधेयक संशोधन गर्न सांसददेखि सरोकारवालासँगको छलफल र दवावलाई समानान्तररुपमा अघि वढाउने भन्दै यति गर्दा पनि माग पूरा नभए आन्दोलनमा उत्रने भनेको छ । उसले विज्ञप्तिमार्फत यस्तो अवस्था सिर्जना भएमा आन्दोलनका लागि तयार रहन देशभरका स्थानीय तहमा कार्यरत कर्मचारीलाई आह्वान पनि गरेको छ ।

 

बिज्ञापन

संघीयताको मूलमर्मः राजनीतिक, वित्तिय र प्रशासनिक संघीयता बलियो बनाउनका निम्ति स्थानीय तहका कर्मचारीको मनोबल उच्च राख्न विधेयक वा ऐनमा कर्मचारीहरुको पनि मुद्दा समावेश गर्नुपर्ने सञ्जालले माग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष