पछिल्लो त्रैमासमा मात्र एक हजार ९९२ कर्मचारीको सरुवा भएका छन् ।यही अवधिमा विभिन्न काण्ड लागेर २ कर्मचारी निलम्बनमा परेका छन् भने यस अघि निलम्बनमा परेका शाखा अधिकृतदेखि सहससचिव तहका १० कर्मचारीको निलम्बन फुकुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
बिज्ञापन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार गत साउन संक्रान्तिदेखि यता असोज मसान्तसम्ममा १ हजार ९९२ कर्मचारीहरु सरुवा हुँदा २ जना शाखा अधिकृत निलम्बनमा परेका र १० कर्मचारीको निलम्बन फुकुवा भएको मन्त्रालयले जनाएको छ ।
बिज्ञापन
मन्त्रालयले श्रेणी विहिनदेखि सहसचिव तहसम्मका गरी ती कर्मचारीहरुको सरुवा गरिएको जनाएको छ । मन्त्रालयका अनुसार,स्थानीय तह कर्मचारी प्रशासन शाखाले खरिदारदेखि उपसचिव तहसम्मका ६९६ कर्मचारीको सरुवा गर्दा संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाले श्रेणीविहिनदेखि सहसचिवसम्मका गरी १ हजार २९६ यो अवधिमा चलाइएको छ ।
मनत्रलयले दिएको जानकारी अनुसार,सहसचिव तहमा १३९,उपसचिव सरहका १८८ कर्मचारीको सरुवा हुँदा शाखा अधिकृत सरहका २६७ कर्मचारीको सरुवा भएका छन् भने नायव सुब्बा सरहका ५२० कर्मचारीको सरुवा भएको छ ।
यस्तै मन्त्रालयले खरिदार तहका १६७ कर्मचारीको सरुवा हुदाँ १५ जना श्रेणी विहिन कर्मचारीको सरुवा गरेको छ ।
बिज्ञापन
यही अवधिमा स्थानीय तह कर्मचारी प्रशासन शाखाबाट मात्रै ९६ उपसचिव, ५०५ शाखा अधिकृत र ४५ जना नायव सुब्बा तथा खरिदार गरेर करिव ७ सय कर्मचारीको कामकाज, पदस्थापन तथा सरुवा हुँदा उक्त अवधिमा ९१ जना नयाँ कर्मचारी स्थायी नियुक्ति पाएका छन् ।
यस्तै भ्रष्टाचारजन्य काण्ड लागेर अधिकृत स्तरका २ जना कर्मचारी निलम्बनमा पर्दा २ सहसचिव, ६ उपसचिव, १ शाखा अधिकृत र एक जना नायव सुब्बा सहित १० जना कर्मचारीको निलम्बन फुकुवा भएको मन्त्रालयले जनाएको छ ।