कार्तिक २० गते बिहान सर्लाही जिल्लाको कार दुर्घटना हुंदा बेपत्ता भएका २ जनाको खोजी कार्यका लागि सशस्त्र प्रहरिको गोताखोर परिचालन गरिएको छ ।
बिज्ञापन
ईश्वरपुर नगरपालिका -२ मियाखोर स्थित पोखरीमा बयलबासबाट महोत्तरीको गौशाला तर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार पोखरीमा डुब्दा त्यसमा सबार ३ जना मध्ये महोत्तरीको गौशाला न.पा.२ बस्ने अन्दाजी बर्ष ३१ को जनक यादब सकुशल निस्किएका थिए भने कार र अन्य २ जना ब्यक्ति बेपत्ता भएको खबर पश्चात सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी बाट गोताखोर परिचालन गरिएको हो ।
बिज्ञापन
उद्दार र खोजी कार्यका लागि सुरक्षा बेश सागरनाथबाट र ईप्रका केशरगंजबाट समेत सुरक्षा फौज खटिएको छ ।गति अनियन्त्रित भएर दुर्घटना भएको प्ररम्भिक जानकारी प्रप्ता भएको छ ।