बालिकाहरुलाई यौनधन्दामा बाध्य तुल्याएको अभियोगमा मसाज सेन्टर सञ्चालिका पक्राउ

मसाज सेन्टर सञ्चालनको बहानामा बालिकाहरुलाई प्रयोग गरी बेश्याावृत्ति धन्दा चलाएको भन्दै नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले एक महिलालाई नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका वडा नं. १६ सातघुम्टीमा हिमालयन आयुर्वेदिक स्पा सञ्चालन गर्दै आएकी लमजुङ बेसीशहर घर भइ काठमाडौं रहँदै आएकी ३८ वर्षीया सपना खवासलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

मसाज सेन्टर सञ्चालिका खवासले युवतीहरुलाई ललाइफकाइ यौनधन्दामा लगाउने गरेको, ग्राहकसँग पन्ध्रसय असुल गरी युवतीलाई पाँच सय दिने प्रलोभन दिएपनि रकम नदिएको र दिनमै चार-पाँच जनासँग यौन सम्पर्क गर्न लगाउनुका साथै महिनावारी भएको बेलासमेत बाध्य तुल्याएको भन्दै पीडित बालिकाहरुले प्रहरीम उजुरी गरेका थिए ।

बिज्ञापन

उजुरी प्राप्त भएपछि अनुसन्धान गर्दा मसाज सेन्टरमा ‘एक्स्ट्रा सर्भिस’ भन्दै अलग कोठामा यौन धन्दा गराउने गरेको खुलेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष