कात्तिक महिनासम्मको तलब दिएर करारका कर्मचारी बिदा गर्ने तयारी

पोखरा महानगरपालिकाले करार सेवामा कार्यरत कर्मचारीलाई कात्तिक महिनासम्मको तलब दिएर बिदा गर्ने भएको छ । महानगरको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।
पोखरा महानगरपालिकामा करारका कर्मचारी हटाउनुपर्ने माग सहित कांग्रेसले महानगरमै तालाबन्दीको चेतावनी दिएपछि समस्या समाधान गर्न कार्यापालिका बैठक बसेको थियो उक्त बैठकले करार सेवाका कर्मचारीहरुको अन्तिम पटक कात्तिकसम्मको म्याद थपेको छ । महानगरपालिकामा अहिले करारका कर्मचारीले भरिएका छन् ।

बिज्ञापन

लोकसेवा आयोगबाट दरबन्दी अनुसारका इन्जिनियर र ओभरसियर पठाइसकेको छ । सोही पदमा महानगरले पनि करारमा कर्मचारी भर्ना गरेपछि दोहोरो खर्च भएको भन्दै कांग्रेस विरोधमा उत्रिएको हो ।

बिज्ञापन

यही बिषयमा लफडा हुँदा काँग्रेस तालाबन्दीमै उत्रने अवस्था आएको थियो । तर मेयर धनराज आचार्य र कांग्रेस दलका नेता दिवसमान प्रधानाङ्गबीच भएको छलफलमा बिहीबार कार्यपालिका बैठक बसेर यस्तो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।

कात्तिकपछि करार कर्मचारीको म्याद थप नगरिने बिषयमा सर्वसहमतबाट निर्णय भएको महानगरपालिकाले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष