सेवालाई राजदूत बनाउने प्रस्ताव अनुमोदन

बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।

बिज्ञापन

आज बिहान बसेको सुनुवाइ समितिको बैठकले उनलाई राजदूत बनाउने प्रस्ताव स्वीकार गरेको हो ।समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा आज बसेको बैठकले लम्सालको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

बिज्ञापन

उजुरीकर्ताको उजुरीमाथि सुनुवाइ सकिएसँगै बुधबार उनको नाम अनुमोदन भएको हो। लम्सालले बुधबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन्। लम्सालले आजैको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।

कार्ययोजनामा उनले बहुपक्षीय फोरमहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्नेलगायका प्रतिवद्धता जनाएकी छन् । लम्साल अहिले परराष्ट्र सचिवको भूमिकामा छिन् । उनले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाली सकेकी छन् ।

बिज्ञापन

संसदीय समितिले अब लम्साललाई राजदूतमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । त्यसपछि समितिको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष