एक महिनापछि खुल्यो रसुवा नाका, २६ वटा ट्रक भित्रिए

रसुवा भन्सार नाका आजदेखि सञ्चालनमा आएको छ । असोजको दोस्रो साता गएको बाढी पहिरोले सडक बगाएपछि बन्द भएको रसुवा भन्सार नाका आजदेखि सञ्चालनमा आएको हो ।

बिज्ञापन

नाका सुरु भएसँगै आजै २६ वटा मालवाहक ट्रक नेपाल भित्रिएका छन् ।यी गाडीमा फलफूल, लत्ताकपडा, विद्युतीय सामग्री र जलविद्युत् आयोजनामा प्रयोग हुने सामग्री रहेको रसुवा भन्सार कार्यालयले जानकारी गराएको छ ।

बिज्ञापन

रसुवा भन्सार अधिकृत तथा सूचना अधिकारी रविन्द्र प्याकुरेलले अहिले सरकारले तोकेको लक्ष्य अनुसार मासिक २ अर्ब ५० करोड राजस्व संकलन गर्नुपर्छ । तर राजस्व संकलन महिना दिनदेखि ठप्प छ ।

नाका बन्द भएको एक महिनापछि मंगलबारदेखि एकतर्फी रूपमा यातायात सञ्चालन गर्न लागिएको हो । नेपालतर्फको रसुवागढीबाट चीनको केरुङसम्म २४ किमि सडक गत असोज दोस्रो साताको बाढीले क्षति पुर्‍याएको थियो । चिनियाँ प्राविधिकहरूले हेभी इक्विमेन्ट प्रयोग गरी एक महिनासम्म लगातार प्रयास गर्दा पनि सडक सञ्चालन गर्न कठिन भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष