घुमुवा राखी तस्करसँग साँठगाँठ गरेपछि एसपीको जिम्मेवारी खोसियो

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की  प्रहरी प्रधान कार्यालय तानिएका छन्। प्रहरी आचरणविपरीत काम गरेको आरोप उनीमाथि लागेको छ।

बिज्ञापन

घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी लाइन मिलाएर भन्सार नतिरी सामान ओसारपसार गर्ने गरेको आरोप लाग्दै आएका प्रहरी उपरीक्षक कार्कीलाई शुक्रबार प्रहरी प्रधान कार्यालयले तानेको हो ।

बिज्ञापन

मोरङ आएदेखि नै गृह मन्त्रालयको निर्णयले सिभिल प्रहरी बोर्डर केन्द्रित खटाउन नपाउने नियमको उल्लंघन गर्दै तस्करसँग मोटो रकम उठाउने गरेको आरोप प्रहरी उपरीक्षक कार्कीलाई लाग्दै आएको थियो।

२०८० फागुन २ गते मोरङ सरुवा भएका कार्की ८ महिनामै फिर्ता भएका हुन्। प्रहरीमा सामान्यतः एक वर्षमा मात्रै इन्चार्ज सरुवा हुन्छन्।

बिज्ञापन

उनलाई प्रहरी प्रधान कार्यालय तानेर जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा एसपी राजन लिम्बुलाई पठाइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष