सर्वोच्च अदालतका उपरजिस्ट्रार एवं सहायक प्रवक्ता गोविन्द घिमिरेले आफ्नो सुरक्षा माग गरेका छन्।
बिज्ञापन
अदालतको अवहेलनामा दोषी ठहर भएका राजकुमार तिमल्सिनाले लगातार अज्ञात नम्बरबाट फोन गरेर धम्की दिएको भन्दै सर्वोच्च अदालतका उपरजिस्ट्रार एवं सहायक प्रवक्ता गोविन्द घिमिरेले आफ्नो सुरक्षा माग गरेका हुन्।
बिज्ञापन
राजकुमार तिमल्सिनाले उपलब्ध गराएको अडिओमा आधारित सामग्री प्रकाशन र प्रसारण गरेवापत सिधाकुरा डट कमका दुई पत्रकार एक साता कैद बसिसकेका छन्। उनीहरुलाई ३ महिनाको कैद सजाय सुनाइएको भए पनि माफी मागेका कारण एक सातामै रिहा भएका हुन्।
सोही मुद्दामा तिमल्सिनालाई ६ महिना कैद सजाय सर्वोच्चको ९ न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलासले सुनाएको छ। उनलाई माफी माग्ने अवसर पनि दिइएको छैन। रकम तिरेर कैदबाहिर बस्ने सुविधा पनि उनले नपाउने गरी सर्वोच्चले असोज १३ गते फैसला सुनाएको छ।
अडिओमा आधारित सामग्री प्रकाशन र प्रसारण गरेबापत सिधा कुरा डट कमका दुई पत्रकार एक साता कैद बसिसकेका छन् भने तिमल्सिना फरार छन्।























