एमालेले भाटभटेनीका सञ्चालकसँग खुलमखुला घुस लियो : प्रभु साह

आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु साहले नेकपा एमालेले भाटभटेनीका सञ्चालकसँग खुलमखुला घुस लिएको आरोप लगाएका छन् ।

बिज्ञापन

सिरहाको गोलबजारमा मंगलबार आयोजित शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा नेकपा एमालेले भाटभटेनीका सञ्चालकसँग खुलमखुला घुस लिएको आरोप लगाएका हुन् ।

बिज्ञापन

‘यो खुलमखुला घुस हो,’ उनले प्रश्न गरे, ‘यदि त्यसो होइन भने के उहाँले हामीजस्ता गरिब पार्टीलाई दान दिनुहुन्छ त ?’

`अर्वौको सम्पत्ति भएको, केन्द्रदेखि प्रदेश, पालिका सरकारमा सहभागी नेकपा (एमाले) लाई जग्गा दान गरि पार्टी कार्यालय बनाइदिने भाट्भटेनीका संचालक मिनबहादुर गुरुङले हामी जस्तो गरिब पार्टीको कार्यालय पनि बनाइदिए हुन्थ्यो नि ! अर्बौंको सम्पत्ति एक अरबपति पार्टीलाई दान गरिएको छ । दान त गरिब, असहाय, निमुखालाई पो गरिन्छ । प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री,  मेयर भएको पार्टीलाई यो दान नभई खुलमखुल्ला घुस दिएको हो´ आजपा अध्यक्ष साहले भने ।

बिज्ञापन

एमालेसंग लाखौं सदस्य भएको अर्बपतिको पार्टी भएको बताउदै उनले सदस्यहरुबाटै १००/१०० रुपैयाँ चन्दा उठाएर पनि पार्टी कार्यालय बनाउन सक्ने  सक्थ्यो तर घुसमा पाएको जग्गा र कार्यालय पाएर एमालेजन रमाएको बताए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष