सिंचाई आयोजनामा २६ लाख भ्रष्टाचार, इन्जिनियरसहित १० जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको जिल्ला प्राविधिक कार्यालयका तत्कालीन कार्यालय प्रमुख इन्जिनियरसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले सिँचाई आयोजनाका इन्जिनियर कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डे, महेश सिंह कठायत, वडा नम्बर ९ का वडाध्यक्ष परुनाथ योगीसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरेको हो।

बिज्ञापन

तत्कालीन कार्यालय प्रमुख इन्जिनियर पाण्डे,जिल्ला प्राविधिक कार्यालय मुगु सामुदायिक सिंचाई आयोजनाका इन्जिनियर कठायत,साविकको कालै गाउँविकास समितिमा प्राविधिक पदमा कार्यरत रही सामुदायिक सिंचाई आयोजनामा खटिएका सर्जनबहादुर शाहीले नभए नगरेको कामको समेत भए गरेको भन्ने गलत प्राविधिक मूल्यांकन प्रतिवेदन तयार गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेकाले सोही दफाको १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय मागदावी गर्दै आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता नरहरि आचार्यले जानकारी दिए।

आयोगले साविकको कालै गाउँपालिका-४ हाल सोरु गाउँपालिका-९ स्थित तन्दवाडा-छड सिंचाई आयोजनामा आयोजनाको अध्यक्ष र कर्मचारीको मिलेमतोमा लागत अनुमान लुकाइ इष्टिमेटअनुसार काम नगरी सरिया र सिमेन्ट कम प्रयोग गरी गुणस्तरहीन काम गरी २६ लाख ८२ हजार १४ रकम हिनामिना गरेको उनीहरूमाथि आरोप छ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष