दशैंका दिन पोखराका ७ रुटमा नि:शुल्क बस सेवा

पोखराका विभिन्न ७ रुटमा दशैंका दिन निशुल्क बस सेवा सञ्चालन हुने भएको छ । पोखराका यातायात व्यवसायी, पोखरा महानगरले यात्रुको बढी चाप हुने विभिन्न ७ रुटमा जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा निशुल्क चलाउन लागिएको हो ।

बिज्ञापन

यातायात व्यवसायीकोसमेत उपस्थितिमा प्रशासनले बुधबार पत्रकार सम्मेलन गर्दै नागरिकको चाप हुने ठाउँमा बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म निशुल्क बस बस चलाउने जानकारी दिइएको हो । दशैंका दिन आवश्यकताभन्दा बढी यात्रु बोक्ने, गाडी नै नचल्ने, आवश्यकताभन्दा बढी भाडा लिने गुनासो आइरहने भएकाले नागरिकको चाप हुने पोखराका विभिन्न ठाउँमा दशैंका दिन निशुल्क बस चलाउन लागिएको कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेले जानकारी दिए ।

बिज्ञापन

पोखराका विभिन्न यातायात व्यवसायीको संयुक्त प्रयासमा ७ वटा रुटमा ३२ सिटमाथिका १८ वटा बसले दशैंका दिन निशुल्क यात्रु ओसार्ने सिडिओ पाण्डेले बताए ।जिल्ला प्रशासनकै समन्वयमा १८ वटा गाडी निशुल्क चलाएर अन्य गाडीले बढी भाडा असुल्ने, बढी यात्रु राख्ने गरे कारबाही कसरी हुन्छ त ? सिडिओ पाण्डेले प्रस्ट पारे, ‘कुनै सर्तमा निशुल्क बस चलाउन लागिएको होइन, बढी यात्रु बोक्ने, बढी भाडा असुल्ने गरे नियमानुसार कारबाही हुन्छ ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष